सर्लाहीका २० वटा पालिकाहरुका लागि साल्ट ट्रेडिङ कर्पाेरेशन लि. सर्लाहीले चालु सिजनमा करिब २८ हजार बोरा रासायनीक मल वितरण सुरु गरेको छ।छ हजार छ सय ३२ बोरा युरिया र २१ हजार तीन सय ६० बोरा डिएपी गरि २७ हजार नौ सय ९२ बोरा रासायनीक मल वितरण सुरु गरिएको साल्ट ट्रेडिङ कर्पाेरेशन लि.सर्लाहीका प्रमुख संजीव झाले जानकारी दिए।उनका अनुसार ११ वटा नगरपालिका र नौ वटा गाउँपालिका गरी २० वटा स्थानीय तहका दुई सय वटा वडाका डिलहरुबाट २७ नौ सय ९२ बोरा रासायनीक मल वितरण सुरु गरिएको हो ।
कार्यालयका अनुसार लालबन्दी नगरपालिकाका लागि चार सय ४४ बोरा युरिया र एक हजार चार सय २० बोरा डिएपी गरी कुल एक हजार आठ सय ६४ बोरा,हरिवन नगरपालिकाका लागि चार सय २८ बोरा युरिया र एक हजार तीन सय ७२ बोरा डिएपी कुल एक हजार आठ सय बोरा,बागमती नगरपालिकाका लागि चार सय १६ बोरा युरिया र एक हजार तीन सय ४६ बोरा डिएपी गरी कुल एक हजार सात सय ६२ बोरा,बरहथवा नगरपालिकाका लागि छ सय ४२ बोरा युरिया र दुई हजार ६४ बोरा डिएपी गरी दुई हजार सात सय १० बोरा ,हरिपुर नगरपालिकाका लागि दुइृ सय ९६ बोरा युरिया र नौ सय ५२ बोरा डिएपी गरी कुल एक हजार दुई सय ४८ बोरा,इश्वरपुर नगरपालिकाका लागि पाँच सय दुई बोरा युरिया र एक हजार छ सय २६ बोरा डिएपी गरी कुल दुई हजार एक सय २८ बोरा,हरिपुर्वा नगरपालिकाका लागि दुई सय ६४ बोरा युरिया र आठ सय ५८ बोरा डिएपी गरी कुल एक हजार एक सय २२ बोरा,कविलासी नगरपालिकाका लागि चार सय १० बोरा युरिया र एक हजार तीन सय २४ बोरा डिएपी गरी कुल एक हजार सात सय ३४ बोरा,बलरा नगरपालिकाका लागि चार सय ३४ बोरा युरिया र एक हजार तीन सय ९६ बोरा डिएपी गरी कुल एक हजार आठ सय ३० बोरा,गोडैता नगरपालिकाका लागि चार सय २६ बोरा युरिया र एक हजार तीन सय ७२ बोरा डिएपी गरी कुल एक हजार सात सय ९८ बोरा र मलंगवा नगरपालिकाका लागि दुई सय ४६ बोरा युरिया र सात सय ९० बोरा डिएपी गरी कुल एक हजार ३६ बोराका साथै पर्सा गाउँपालिकाका लागि एक सय ८६ बोरा युरिया र छ सय चार बोरा डिएपी गरी कुल सात सय ९० बोरा,ब्रम्हपुरी गाउँपालिकाका लागि दुई सय ८२ बोरा युरिया र नौ सय आठ बोरा डिएपी गरी कुल एक हजार एक सय ९० बोरा, चन्द्रनगर गाउँपालिकाका लागि तीन सय ५८ बोरा युरिया र एक हजार एक सय ४० बोरा डिएपी गरी कुल एक हजार चार सय ९८ बोरा,चक्रघट्टा गाउँपालिकाका लागि दुई सय आठ बोरा युरिया र छ सय ७४ बोरा डिएपी गरी कुल आठ सय ८२ बोरा,बसबरिया गाउँपालिकाका लागि दुई सय ६८ बोरा युरिया र आठ सय छ बोरा डिएपी गरी कुल एक हजार एक सय २८ बोरा,धनकौल गाउँपालिकाका लागि दुई सय २६ बोरा युरिया र सात सय २२ बोरा डिएपी गरी कुल नौ सय ४८ बोरा,रामनगर गाउँपालिकाका लागि दुई सय आठ बोरा युरिया र छ सय ७४ बोरा डिएपी गरी कुल आठ सय ८२ बोरा,विष्णु गाउँपालिकाका लागि दुई सय ३६ बोरा युरिया र सा सय ६६ बोरा डिएपी गरी एक हजार दुई बोरा र कौडेना गाउँपालिकाका लागि एक सय ५२ बोरा युरिया र चार सय ८८ बोरा डिएपी गरी कुल छ सय ४० बोरा रासायनीक कलको कोटा निर्धारण भई आएको र सोही अनुसार वितरण भई रहेको हो ।