प्रथम हरिपुर गोल्डकपमा वीरगन्ज युनाइटेड क्वाटरफाइनलमा प्रवेश

237 Shares

सर्लाहीको हरिपुर नगरपालिका २ मा जारी प्रथम हरिपुर गोल्ठकपमा कटारी टाइगर फूटबल क्लबलाई टाइब्रेकरमा पराजित गर्दै वीरगन्ज युनाइटेड क्वाटरफाइनलमा प्रवेश गरेको छ ।हरिपुर नगरपालिका २ सानो जगतपुर खेल मैदानमा बुधबार सम्पन्न प्रतियोगिताको पहिलो चरण अन्तर्गतको अन्तिम खेलमा कटारीलाई पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले पराजीत गर्दै वीरगन्ज युनाइटेड क्वाटरफाइनलमा प्रवेश गरेको आयोजक नवसंघर्षशील यूवा क्लब हरिपुरका अध्यक्ष अमृत घिसिङले जनाएको छ ।
उनका अनुसार वीरगन्जको जितमा गोलरक्षक दिलमणि चौधरीले टाइब्रेकरमा कटारीको दुई सशक्त प्रहारलाई बजाऊ गर्दै टिमलाई जित दिलाएका हुन् ।बुधबारको खेलमा चौधरीलाई नै म्यान अफ द म्याच घोषणा गर्दै नगद एक हजार पाँच सय प्रदान गरिएको छ ।
प्रतियोगितामा बिहीबारबाट क्वाटरफाइनल चरणका खेल सुरु हुने छन्।बिहीबारको पहिलो क्वाटरफाइनलमा टिएसपी धनुषा र ब्रदर्श यूथ क्लब दुधौली सिन्धुलीले खेल्ने छन् ।
धनुषा हरिपुर यूवा समूहलाई ६-० गोलअन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो भने दुधौलीले भने सोझै बाइ पाएर क्वाटरफाइनलमा खेल्न लागेको आयोजकले जनाएको छ ।१० वटा टिमको सहभागीतमा सञ्चालित प्रतियोगितामा एभरेष्ट फुटबल एकेडेमी र चिडियादह स्टार चन्द्रनिगाहपुर रौतहट यस अघि नै क्वाटरफाइनलमा प्रवेश गरिसकेका छन् ।भने आयोजक नवसंघर्षशील यूवा क्लब सोझै बाइ पाएर मंसिर २६ गते चिडियादह स्टार चन्द्रनिगाहपुरसँग क्वाटरफाइनल खेल्ने छ। 
हरिपुर नगरपालिका र हरिपुर नगरपालिका २ को आर्थिक सहयोगमा नवसंघर्षशील यूवा क्लब हरिपुरले प्रतियोगिताको आयोजना गरेको हरिपुर नगरपालिकाका नगर प्रमुख गोपाल पञ्जिायारले जानकारी दिए । उनका अनुसार पुस १ गते फाइनल खेल हुने प्रतियोगिताको बिजेताले रु एक लाख ५० हजार र उपबिजेताले रु ७५ हजार प्राप्त गर्ने छन् । 

सम्बन्धित समाचार