Close This

स्थानिय निकायले चाहेमा होटललाई क्वारेन्टाईन बनाउनु होटल व्यावसायी तयार

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-५-५ गते   २५८ पटक हेरिएको

जिल्लाका होटल व्यवसायीहरुले होटलमा क्वारेन्टाईन राख्न दिन सहमति जनाएका छन । स्थानिय निकायले चाहेको खण्डमा आफ्नो  होटलमा क्वारेन्टाइन राख्न दिने जिल्लाका होटल व्यावसायीहरुले बताएका छन ।
होटल व्यावसायीहरुको बैठकले क्वारेन्टाईनका लागि होटल दिन तयार रहेको भन्दै भाडा दर निर्धारण गरेका छन । होटल  व्यवसायीहरुले सरकारी मापदण्ड अनुसार खानासँगै चारपटक चिया, तातोपानी र बेसार पानीसहित एउटा एटेज बाथरुम कोठामा एक जना मात्रै बस्दा दिनको १ हजार ८ सय रुपैयाँ भाडा निर्धारण गरेका छन् । त्यही कोठामा २ जना बसेमा दिनको ३ हजार रुपैयाँ भाडादर तोकेका हुन ।
एसी भएको कोठामा १ जना बस्दा दिनको २ हजार ५ सय तथा २ जना बस्दा ३ हजार ५ सय रुपैयाँ भाडा लिने निर्णय भएको पर्यटन व्यवसायी महासंघ प्रदेश २ का कोषाध्यक्ष बैकुण्ठ सापकोटाले जानकारी दिनु भयो ।

यो भाडादर अनुसार क्वारेटाईन राख्न चाहेमा स्थानिय निकायले सुरक्षा व्यवस्था मिलाउनु पर्ने, स्वास्थ्यकर्मीले नियमित रेखदेख गर्नुपर्ने, टोल छिमेकलाई मनाउने काम स्थानीय सरकारले नै गर्नुपर्ने लगायतको शर्त राखिएको सापकोटाको भनाई छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech