एमसीसीविरुद्ध एकिकृत समाजवादी सर्लाहीको प्रदर्शन

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-११-१ गते   ४०९ पटक हेरिएको

नेकपा एकीकृत (समाजवादी पार्टी) ले सर्लाहीको ईश्वरपुर र हरिवनमा एमसीसी विरुद्ध प्रदर्शन गरेको छ । पार्टीका भ्रातृ संगठनहरूले संयुक्त रूपमा एमसीसी राष्ट्रिय र हित विपरीत रहेको भन्दै आइतबार(आज) विरोध जनाएका हुन्। 
जिल्लाको इश्वरपुर बयलबासमा भएको विरोध प्रदर्शनलाई एकीकृत समाजवादीका नगर सदस्य मेन कुमार गौतमले सम्बोधन गर्नुभएको थियो । उहाँले एमसीसी सम्झौता राष्ट्रिय हितमा नरहेकाले कुनै पनि हालतमा स्विकार्य नहुने बताउनु भयो । अर्का नेता नेता रूपनारायण सिंहले एमसीसी परियोजनाबारे सहमति नगरिकन संसदमा लैजानै नहुने बताउनु भयो ।
त्यसैगरी युवा संघ नेपाल, अनेरास्ववियू, अखिल नेपाल महिला संघ र नेपाल खेलकुद महासंघको संयुक्त आयोजनामा हरिवनमा भएको प्रदर्शनमा राष्ट्रिघाती एमसीसी परियोजना तुरुन्त खारेज हुनुपर्ने वक्ताहरुले माग राखेका पार्टीको प्रचार विभाग प्रमुख चूडामणि वाग्लेले जानकारी दिनु भयो ।
एकीकृत समाजवादीका नेता तथा कार्यकर्ताहरुको उल्लेख्य सहभागीतामा भएको एमसीसी विरुद्धको प्रदर्शनमा ‘एमसीसी चाहिँदैन’ भन्दै नारावाजी भएको थियो ।  जुलुसमा राष्ट्रघाती एमसीसी परियोजना खारेज गर, अमेरिकी सेना चाहिदैन–एमसीसी ल्याउन पाईंदैन, बिजुली–बाटो बहाना हो,हस्तक्षेप गर्ने चाहाना हो जस्ता नारा सहभागीले लगाएका अनेरास्ववियूका नेता राज कुमारविकले जानकारी दिनु भयो । नगरपरिक्रमा पछि आयोजित कोणसभामा नेताहरु उत्तर कुमार मैनाली, जय गोले, राज कुमार बिक, लिली घिसिङ लगायले सम्बोधन गरेका थिए । 
 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech