हरिवन– ४ मा ट्रकको ठक्करबाट चौधरीको ज्यान गयो

168 Shares

पूर्व–पश्चिम महेन्द्र राजमार्गस्थित सर्लाहीको हरिवन नगरपालिका–४,गणेश चोकमा ट्रकको ठक्करबाट एक साइकल यात्रीको ज्यान गएको छ।हरिपुर नगरपालिका–५,लक्ष्मीपुरका अन्दाजी ५० वर्षीय पंचलाल चौधरीले रोड क्रस गर्न खोज्दा मधेश प्रदेश–०३–००२ ख ११९४ नम्वरको ट्रकले किचेर घटनास्थल मै ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

WhatsApp Image 2026-07-31 at 9.24.41 PM.jpeg
कार्यालयका अनुसार हरिवन नगरपालिका–५ सासापुरकै गेला गाउँमा मजदुरीको काम गर्ने चौधरीको झरी परिरहेका बेला सोमबार बिहान करिब ७ बजे साइकल चढेर आइरहेका बेला दुर्घटनामा परी ज्यान गएको हो ।रोकिराखेको बस अगाडिबाट सडक पार गर्न खोजेका चौधरीलाई पछाडिबाट आइरहेको ट्रकले ठक्कर दिँदा चौधरीको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।
मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको छ।दुर्घटनापछि फरार भएको ट्रक र चालकलाई बागमतीबाट इलाका प्रहरी कार्यालय कर्मैयाको टोलीले नियन्त्रणमा लिएको छ।ट्रक तथा चालकलाई कारवाही अघि बढाउन इलाका प्रहरी कार्यालय हरिवनमा राखिएको छ ।

सम्बन्धित समाचार