पहाडी पोखरेल बन्धु समाज सर्लाहीको अध्यक्षमा पत्रकार पहाडी सर्वसहमत

753 Shares

पहाडी पोखरेल बन्धु समाज सर्लाहीको अध्यक्षमा पत्रकार शंखर पहाडी (गौरब) सर्वसहमत चयन भएका छन्।कमलामाई मिडिया प्रा.लिका अध्यक्ष एवम् सञ्चालक समेत रहेका पहाडीको अध्यक्षतामा चयन भएको समाजको उपाध्यक्षमा विमल कुमार पोखरेल र रिता कुमारी पहाडी, सचिवमा गोविन्द प्रसाद पहाडी,कोषाअध्यक्षमा तिर्थ पहाडी र सह सचिवमा ईन्द्र बहादुर पोखरेल लगायत खड्ग प्रसाद पोखरेल,घनश्याम पहाडी,सिताराम पोखरेल,गंगाराम पोखरेल र भिम प्रसाद पोखरेल समितिको सदस्यमा चयन भएका छन् ।
सर्लाहीको लालबन्दीमा भएको प्रथम जिल्ला भेलाले कपिलमुनि पोखरेलको संयोजकत्वमा  पाँच सदस्यीय सल्लाहकार समिति सर्वसहमत चयन गरिएको कार्यक्रमका प्रमुख अतिथि एवम केन्द्रीय उपाध्यक्ष नौतम पोखरेलले जानकारी दिए।उनका अनुसार ढुण्डीराज पोखरेल,जानुका पोखरेल,धर्मध्वज पोखरेल र दुर्गा पोखरेल सल्लाहकार समितिको सदस्यमा चयन भएका हुन ।समाजको नेतृत्वमा पत्रकार पहाडी चयन भएसँगै जिल्लामा रहेका पहाडी तथा पोखरेल बन्धुहरूबीच आपसी एकता,सहकार्य र सामाजिक सद्भाव अझ मजबुत हुने अपेक्षा गरिएको कार्यक्रममा अतिथिको रुपमा उपस्थित भएका केन्द्रीय सदस्य बैकुण्ठ प्रसाद पहाडीले बताए ।

sppps.jpg
लामो समयदेखि पत्रकारिता तथा सामाजिक क्षेत्रमा सक्रिय पहाडीलाई समाजको नेतृत्वको जिम्मेवारी सर्वसहमत प्रदान गरिएको आयोजकले जनाएको छ।समाजका सदस्य तथा सहभागीहरूले समुदायको हकहित,सामाजिक एकता,संस्कार–संस्कृति संरक्षण तथा आपसी सहयोगका क्षेत्रमा प्रभावकारी भूमिका निर्वाह गर्न सक्ने व्यक्तिका रूपमा पहाडीलाई नेतृत्वमा चयन गरिएको बताएका छन्।
अध्यक्षमा चयन भएपछि पत्रकार पहाडीले आफूलाई दिइएको जिम्मेवारीलाई इमानदारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्दै समाजलाई कुनै व्यक्ति वा समूह विशेषको नभई सम्पूर्ण पहाडी पोखरेल बन्धुहरूको साझा संस्था बनाउने प्रतिवद्धता व्यक्त गरे।उनले समाजमा आबद्ध परिवार तथा सदस्यहरूको तथ्यांक व्यवस्थित गर्ने,नयाँ पुस्तालाई समाजसँग जोड्ने,ज्येष्ठ नागरिकको सम्मान गर्ने तथा आवश्यकताका समयमा एकअर्कालाई सहयोग गर्ने वातावरण निर्माणमा प्राथमिकता दिने धारणा राखेका समाजका सचिव गोविन्द प्रसाद पहाडीले बताए ।
त्यस्तै,शिक्षा,स्वास्थ्य,रोजगारी तथा सामाजिक सेवाका क्षेत्रमा पनि समाजले आफ्नो क्षमता र स्रोतअनुसार योगदान पु¥याउनुपर्नेमा उनले जोड दिए।समाजको मौलिकता,परम्परा, संस्कार र संस्कृति संरक्षणसँगै आधुनिक पुस्ताको आवश्यकता र चाहनालाई समेत सम्बोधन गर्दै अघि बढ्ने सचिव पहाडीले बताए ।पत्रकारिता क्षेत्रमा क्रियाशील पहाडीले सामाजिक सरोकारका विभिन्न विषयमा निरन्तर आवाज उठाउँदै आएका र सञ्चार क्षेत्रको अनुभवलाई समाजको संस्थागत विकास र सामाजिक गतिविधिमा उपयोग गर्ने अपेक्षा पनि गरिएको समाजले जनाएको छ।समाजका सदस्यहरूले नयाँ नेतृत्वले बन्धुहरूबीचको सम्बन्धलाई थप प्रगाढ बनाउँदै सामाजिक तथा मानवीय सेवाका गतिविधिलाई प्राथमिकता दिने विश्वास व्यक्त गरेका छन्।
अध्यक्षमा पहाडी सर्वसहमत चयन भएपछि उनका शुभेच्छुक,पत्रकार तथा विभिन्न क्षेत्रका व्यक्तिहरूले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।नयाँ नेतृत्वले समाजलाई जिल्लामा व्यवस्थित,सक्रिय र प्रभावकारी सामाजिक संस्थाका रूपमा स्थापित गर्ने चुनौतीसँगै अवसर पनि प्राप्त गरेको छ।अब समाजको आगामी कार्ययोजना,संगठन विस्तार र सामाजिक गतिविधिलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा नयाँ नेतृत्वले प्राथमिकताका साथ काम गर्ने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार