अश्लील भिडियो बनाएर रकम माग्ने मुखिया पक्राउ

192 Shares

सर्लाहीको बसबरिया गाउँपालिका–३ का एक पुरुषलाई अश्लील भिडियो बनाएर ब्ल्याकमेल गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । एक महिलालाई अश्लील भिडियो बनाएर ब्ल्याकमेल गरेको आरोपमा बसबरिया गाउँपालिका–३ का शिवचरण मुखियालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
कार्यालयका अनुसार चिनजान तथा नाता सम्बन्धका आधारमा महिलालाई विश्वासमा पारी ह्वाट्सएपमार्फत पटक–पटक भिडियोमा कुराकानी गरेका र सो क्रममा उनले महिलालाई विभिन्न दबाब तथा धम्की दिई शरीरको लुगा हटाउन बाध्य बनाएको र त्यसको भिडियो रेकर्ड गरेको आरोपमा आवश्यक अनुसन्धानका लागि मुखियालाई पक्राउ गरिएको हो ।मुखियाले उक्त भिडियो तथा कुराकानीको रेकर्ड आफ्नो मोबाइलमा सुरक्षित राखी महिलालाई तथा उनका आफन्तलाई पठाएको भन्दै प्रहरीमा जाहेरी परेको थियो।मुखियाले उक्त तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरिदिने र पीडितका परिवार तथा आफन्तलाई पठाइदिने धम्की दिँदै रु ५० हजार रकम समेत माग गरेका जाहेरीमा उल्लेख छ ।
पक्राउ परेका मुखियालाई सर्लाही जिल्ला अदालतबाट विद्युतीय कारोबार ऐन अन्तर्गतको साइबर अपराधमा अनुमति लिएर हिरासतमा राखेर थप अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।प्रहरीले निजी तथा अश्लील तस्बिर वा भिडियो प्राप्त भएमा त्यसलाई सामाजिक सञ्जालमा शेयर,फर्वार्ड वा सार्वजनिक नगर्न आग्रह समेत गरेको छ।त्यस्ता सामाग्री तथा धम्कीसँग सम्बन्धित च्याट,रेकर्डलगायत प्रमाण सुरक्षित राखी तत्काल प्रहरीलाई जानकारी गराउन पनि प्रहरीले अनुरोध गरेको छ।

सम्बन्धित समाचार