सिन्धुलीको तीनपाटन गाउँपालिका–१० मा निर्माण सुरु गरिएको लिफ्ट सिँचाइ आयोजना गाउँपालिकाको वेवास्थाका कारण अलपत्र परेको छ।१८ घरधुरीको करिब १५ बिघा खेतीयोग्य जमिनमा सिँचाइ पुर्याउन निर्माण सुरु गरिएको लिफ्ट सिँचाइ आयोजना तीनपाटन गाउँपालिकाको वेवास्थाका कारण अलपत्र परेको हो ।
तीनपाटन गाउँपालिका–१० को लालिगुँरास सामुदायिक वन उपभोक्ता समुहको रु १० लाख ५० हजारको लागतबाट निर्माण सुरु भएको लिफ्ट सिँचाइ आयोजना निर्माण गर्नका लागि बागमती प्रदेश सरकारको खानेपानी मन्त्रालयबाट रु २० लाख र तीनपाटन गाउँपालिकाको पहिलो कार्यकालकी उपाध्यक्ष पद्म माया तामाङको पहलमा रु दुई लाख गरी रु ३२ लाख ५० हजारमा ५०/५० हजार घनमिटरका दुई वटा ट्याङ्की निर्माण गरिएको भएपनि तीनपाटन गाउँपालिकाको वेवास्थाका कारण निर्माण सुरु भएको लामो समय भएपनि निर्माण सम्पन्न हुन सकेको छैन् ।
करिब १५ बिघा खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पु¥याउने र कृषि उत्पादन वृद्धि गर्ने उद्देश्यले अघि बढाइएको उत्त लिफ्ट सिँचाइ आयोजना अलपत्र परेको छ।आयोजना सञ्चालन तथा व्यवस्थापनमा गाउँपालिकाले पर्याप्त चासो नदिएको स्थानीयको गुनासो छ।सिँचाइ सुविधाको अभाव झेलिरहेका किसानका लागि आशाको केन्द्र बनेको आयोजना प्रभावकारी रूपमा सञ्चालन हुन नसक्दा स्थानीय कृषि क्षेत्रले अपेक्षित लाभ लिन नसकेको स्थानीयको गुनासो छ ।
आकाशे पानीको भरमा खेती गर्नुपर्ने बाध्यता हटाउने,बाँझो जमिनमा खेती विस्तार गर्ने र खाद्यान्न उत्पादन बढाउने उद्देश्यले विभिन्न स्थानमा सिँचाइ आयोजना निर्माण तथा सञ्चालन गरिँदै आएका छन्।तर,निर्माण गरिएका आयोजना नै नियमित रूपमा सञ्चालन हुन नसके किसानले विकासको प्रत्यक्ष अनुभूति कसरी गर्ने भन्ने प्रश्न सृजना भएको छ।
तीनपाटन गाउँपालिका–१० को लिफ्ट सिँचाइ आयोजनाबाट स्थानीय किसानले खेतबारीमा पर्याप्त पानी पाउने अपेक्षा गरेका थिए।सिँचाइ सुविधा उपलब्ध भएमा धान,मकै,गहुँ तरकारी लगायतका बाली उत्पादनमा सहयोग पुग्ने र कृषि पेसालाई थप व्यावसायिक बनाउन सकिने किसानहरुको अपेक्षा थियो।तर,आयोजना अलपत्र परेपछि सिँचाइको समस्या समाधान हुने आशा अधुरै रहने जोखिम बढेको स्थानीयको गुनासो छ।
कृषि प्रधान देश नेपालमा किसानलाई आवश्यक सिँचाइ सुविधा उपलब्ध गराउनु राज्यको महत्वपूर्ण दायित्व हो।सिँचाइ आयोजना निर्माण गर्नु मात्र पर्याप्त हुँदैन।त्यसलाई नियमित रूपमा सञ्चालन गर्ने,आवश्यक मर्मत सम्भार गर्ने,विद्युत् तथा अन्य प्राविधिक समस्या समाधान गर्ने र दीर्घकालीन व्यवस्थापनको व्यवस्था मिलाउनु पनि उत्तिकै आवश्यक रहेको जानकारहरु बताउँछन् ।
तीनपाटन गाउँपालिकाका जनप्रतिनिधिहरुले राजनीतिक आग्रह पुर्वाग्रह राखेर उत्त आयोजनाका लागि उचित बजेटको व्यवस्थापन नगरेका स्थानीयको आरोप छ।तत्कालीन नेकपा(माओवादी केन्द्र)हालको नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का सर्मथकहरुको बसोबास रहेको तीनपाटन गाउँपालका–१० को उत्त सिरुटार गाउँ तीनपाटन गाउँपालिकाकै दुर्गम गाउँ भएपनि स्थानीय सरकारको ध्यान नपुगेको स्थानीयको गुनासो छ ।