Close This

मरिणका ४ वटा बिद्यालयलाई आइ सि टि सामाग्री बितरण

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-५-१९ गते   ५१० पटक हेरिएको

बिद्यालयलाई आइ सि टि सामाग्री बितरण गर्नु हुदैँ गाउँपालिका अध्यक्ष बम्जन

सिन्धुलीको मरिण गाउँपालिकाका ४ वटा माध्यमिक बिद्यालयलाई आइ सि टि सामाग्रि बितरण गरिएको छ । मरिण गाउँपालिकका अध्यक्ष पानिराज बम्जनले उक्त सामाग्री बिद्यालयका शिक्षक तथा प्रधानाध्यापकलाई बितरण गर्नुृभएको हो ।
मरिण गाउँपालिकाको माध्यमिक बिद्यालय खयरसाललाई डेस्कटप १ थान प्रिन्टर १ थान,बरुणेश्वर माध्यामिक बिद्यालय बरुन सिस्नेरिलाई १ थान डेस्कटप र १ थान प्रिन्टर,कुशेधर माध्यामिक नक्कलेलाई डेस्कटप १ थान र प्रिन्टर १ थान माध्यामिक बिद्यालय कातिकेलाई १ थान प्रोजेक्टर, १ थान डेस्कटप,१ थान ल्यापटप र १ थान प्रिन्टर प्रदान गरिएको गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता विमर्श मोक्तान(प्रख्यात)ले जानकारी दिनु भयो ।
गाउँपालिकाको १४ लाख आर्थिक सहयोगमा आइ सि टि सामाग्रि बितरण गएिको होे । अन्य ११ वटा बिद्यालयलाई भने सामाग्री बितरण गर्न बाँकि रहेको गाउँपालिका अध्यक्ष बम्जनले बताउनु भयो । बिज्ञान र प्रबिधिको युगमा बिद्यार्थीहरुलाई प्रबिधि सहितको शिक्षा प्रदान गर्ने उद्धेश्यले सामाग्री बितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech