Close This

७६ जना कोरोना संक्रमित थपिएपछि सर्लाहीमा १ हजार ८ सय ८० कोरोना संक्रमित

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-५-२४ गते   ३६६ पटक हेरिएको

सर्लाहीको कौडेना गाउँपालिकामा ७६ जनामा कोरोना संक्रमण देखिएको छ ।गाउँपालिकाले पिसिआर परिक्षणका लागि पठाइएको २९६ जनाको स्वाब मध्ये मंगलवार ७६ जनाको पोजिटिभ रिपोर्ट आएको छ ।जसमा केही पुराना संक्रमित दोहोरीका कौडेना गाउँपालिकाको स्वास्थ्य शाखाका संयोजक सुरेश राय यादवले जानकारी दिनुभयो । 

अधिकांश संक्रमितहरु, कन्ट्याक टे«सिङमा परेकाहरु रहेका यादवले बताउनु भयो । यस्तै स्वास्थ्य मापदण्ड पालना नगरी विभिन्न बहानाबाजी गरी हिँड्डुल गर्ने संक्रमितका परिवारका सदस्यहरुमा पनि संक्रमण पाइएको गाउँपालिकाले जनाएको छ ।
स्वास्थ्य शाखा संयोजक यादवका अनुसार मंगलवार थपिएका संक्रमितहरुलाई घरमै आइसोलेटेड भएर बस्न भनीएको छ । भने यसअघि संक्रमण पुष्टी भएका दुई जना वडाध्यक्ष्ले मंगलबार कोरोना जितेका छन । मंगलवार दोस्रो परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनिहरुलाई घर पठाइएको स्वास्थ्य शाखा संयोजक यादवले बताउनु भयो ।
पछिल्लो समय केन्द्र सरकारको निर्देशन अनुसार जिल्लाका स्थानिय निकायहरुले संक्रमितहरुलाई होम आइसोलेसनमै राख्ने गरेका छन् । त्यसरी राखिएका संक्रमितहरु १४ दिन बैग्लै आइसोलेटेड भएर नबसिदिँदा परिवारका सदस्य तथा नजिकका अर्को व्यक्तिमा संक्रमण सर्ने क्रम बढेको जिल्ला जन स्वास्थ्य कार्यालय सर्लाहीका कोभिड–१९ फोकल पर्सन सुशील झाले बताउनु भयो । 
अब सर्लाहीमा कोरोना संक्रमितको संख्या १ हजार ८ सय ८० पुगेको छ । तीमध्ये १ हजार १० जना संक्रमणमुक्त भइसकेका जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाउको छभने ५ जनाको कोरोनाका कारण ज्यान गएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech