Close This

मोटरसाईकल दुर्घटनामा साहको मृत्यु

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७६-११-२९ गते   २६४ पटक हेरिएको

सर्लाहीको बरहथवामा आज (बिहिवार) दिउँसो मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बरहथवा नगरपालिका–९, चोरनियाँ पुलमा बीआर ३० एल ७६७३ नंम्बरको भारतीय मोटरसाइकल दुर्घटनामा चालक चन्द्रनगर गाउँपालिका–६, का २१ वर्षीय सुनिल साहको मृत्यु भएको सर्लाही प्रहरीले जनाएको छ । 
तीव्र गतिमा रहेको मोटरसाइकल पुलको रेलिङमा ठोक्किएर तल खसेको प्रत्यक्षदर्शीले बताएका प्रहरीले जनाएको छ । दुर्घटना लगत्तै घटनास्थलमा पुगेको प्रहरी टोलीले चिन्ताजनक अवस्थामा रहेका चालक साहलाई उद्धार गरी उपचारका लागि बरहथवास्थित संजिवनी अस्पताल पुर्याए पनि चिकित्सकले मृत घोषणा गरेका ईलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।मृतक युवकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलङ्गवामा राखिएको प्रहरीले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech