सर्लाहीको मलंगवा नगरपालिका ३ नगरपालिका चोकबाट प्रहरीले १ सय २५ लिटर घरेलु मद्यिरा नियन्त्रणमा लएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीको गस्ती टोलीले तयारी घरेलु मद्यिरा नियन्त्रणमा लिएको जनाएको छ ।
पछिल्लो समय सर्लाहीका प्रहरी प्रमुख भएर आउनु भएका प्रहरी उपरिक्षक सन्तोष सिंह राठौरले जिल्लाको सुरक्षा व्यवस्थालाई चुस्त दुरुस्त पार्न आफैँ गस्तीमा खटिने र गैर कानूनी क्रियाकलाप गर्नेहरुलाई कार्बाही सुरु गरेपछि जिल्लामा लागु औषध, तथा विभिन्न समयमा ठुलो मात्रामा लागु औषध समेत नियन्त्रणमा लिने काम भएको छ ।
जिल्लामा प्रहरी उपरिक्षक राठौर आएपछि जिल्लाबासीले आफ्नो सुरक्षा व्यवस्थाका लागि प्रहरी पनि छ भन्ने महसुस गर्न थालेका छन ।