सर्लाही र रौतहटको सिमानामा पर्ने बागमती नदीको घाट ठेक्का बिबाद समाधान भएको छ ।दुवै जिल्लाका जनप्रतिनिधिहरुको बैठकले बागमती नदीको घाट ठेक्का बिबादलाइ समाधान गरेका छन ।

सर्लाहीको रामनगर गाउपालिका र रौतहटको दुर्गा भगवती गाउँपालिका बिच बागमती नदीमा घाट ठेक्का लगाउने बिषयमा पटक पटक बिबाद भइरहेको थियो । उक्त विवाद समाधान गर्न मंगलबार जिल्ला समन्वय समिति सर्लाहीका सभापति मेयुर चौधरीको अध्यक्षता तथा जिल्ला समन्वय समिति रौतहटको उप सभापति राम अशिश राय यादवको बिशिष्ट आतिथ्यमा घाट ठेक्का बिबाद समाधान गरिएको हो ।
दुबै जिल्लाका जनप्रतिनिधिहरुको संयुक्त बैठकले घाटबाट जनतालाई शुल्क नलिइ निःशुल्क आबत जाबत गर्न दिने,आ–आफ्नों क्षेत्रमा माछा मार्न दिने निर्णय भएको जिल्ला समन्वय समिति सर्लाहीका सभापति चौधरीले जानकारी दिनुभयो।
रामनगर गाउपालिकाका अध्यक्ष कृष्ण प्रसाद बर्मा र दुर्गा भगवती गाउँपालिकाका अध्यक्ष अरुण कुमार साह लगायतका जनप्रतिनिधिहरुको उपस्थितिमा घाटको विवाद समाधान गरिएको हो ।