Close This

शनिबारदेखि लागेको कर्फ्यू आईतबार हट्यो 

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-६-४ गते   ३४४ पटक हेरिएको

सर्लाही सदरमुकाम मलंगवामा शनिबारबाट लगाइएको कर्फ्यू आइतवार बिहान ८ बजेबाट हटाइएको छ । अवस्था केही सहज बनेपछि कर्फ्यू हटाइएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनु भयो ।
विश्वकर्मा पूजाको मूर्ति बिर्सजन गर्न लैजाने क्रममा शुक्रबार मलंगवा नगरपालिका–३, विश्वकर्मा चौकमा हिन्दु समुदाय र मुस्लिम समुदाय विच झडप भएको थियो । शनिवार फेरि झडप हुने अवस्था सृजना भएपछि दिउँसो १ बजेदेखि कर्फ्यू आदेश जारी गरिएको थियो । कर्फ्यू हटाएर विवाद पुनः बल्झिन नदिन दुवै समुदायका अगुवासँग समन्वय गरिरहेको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनु भयो ।
परिस्थिति खराब हुन खोजेमा फेरि कर्फ्यू आदेश हुन सक्ने प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनु भयो । कर्फ्यू हटेसँगै जिल्ला सदरमुकाम मलंगवाको जनजिवन सामान्य बनेको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech