नेपाली कांग्रेस लालबन्दी नगर समितिको पहलमा खेलाडीलाई फूटबल जर्सी प्रदान गरिएको छ । लालबन्दी नगरपालिका–१६ परबानीपुरका दुईवटा क्लबका खेलाडीलाई फूटबल जर्सी प्रदान गरिएको नेपाली कांग्रेस लालबन्दी नगर समिति सभापति प्रशान्त आचार्यले जानकारी दिनुभयो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पुर्व राज्य मन्त्री शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यता तथा महासमिति सदस्य कुबेर आचार्यको विशिष्ट आतिथ्यता मंगलबार एक कार्यक्रमको आयोजना गरी फूटबल जर्सी हस्तान्तरण गरिएको नेपाली कांग्रेस लालबन्दी नगर समितिले जनाएको छ ।
नेपाली कांग्रेस नगर समिति लालबन्दीको पहलमा सारा फाउण्डेशनकी थापाले उक्त फूटबल जर्सी उपलब्ध गराउनु भएको हो ।
कार्यक्रममा नगर सभापति आचार्य, कांग्रेस युवा नेतृ एवं सारा फाउण्डेशनकी शर्मीला थापा लगायत नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।