भ्रष्टाचार न्यूनीकरण गर्न सके समृद्ध नेपाल सुखी नेपाली समाज निर्माण गर्न सक्छौ ः उपा अध्यक्ष लामा

2.9k Shares

नेपालमा एउटा यस्तो जमात छ जुन आफ्नो पार्टी र आफ्नो नेताले जे गरे पनि सहि थपिदिने चलन छ। यसो गर्नु वास्तवमा गलत हो । ब्यक्तिको कारण पार्टी अर्थात संस्था नै धरापमा पारेर सबैबाट आलोचित भैरहेको पाइन्छ । कुनै पनि पार्टीको सदस्य बनिसके पछी त्यसको आफ्नो विधि पद्धति सिद्धान्तको बयान गर्नु राम्रो पक्ष हो ।

कुनै ब्यक्तिले गलत गर्दा पनि सुझाब दिनुको साटो समर्थन गरेर नराम्रो काम गर्न प्रेरित गरिरहेका हुन्छौ । त्यसैले यस्ता गलत प्रबृत्तिहरुको सकारात्मक हिसाबले खुलेर बिरोध भण्डाफोर गर्न सक्नु पर्छ तब मात्रै हामी पार्टीको असल कार्यकर्ता अनि यो देशको असल नागरिक बन्न सक्छौ तर कसैलाई कुनै बिषयबस्तु प्रती औँला उठाउदै छ भने त्यो कतिको वास्तविकता छ त भन्नेमा पनि बुझ्न जरुरी छ कसैप्रती पुर्बाग्राह राखेर बिरोध गर्नु भने राम्रो हुदैन । सहिलाई समर्थन र गलतलाइ खन्डन गर्न सक्ने क्षमता हामी जस्ता सक्षम नागरिक तथा युबाले बोल्न सक्नु पर्छ।

पछिल्लो समयमा भ्रष्टाचारको यति बिगबिगी छ त्यो नेपालको विकासमा अबरोध पुर्याउने ठूलो तत्वको रूपमा खड्किएको छ । भ्रष्टाचार दुई किसिमको हुन्छ एउटा नितिगत भ्रस्टाचार अर्को ब्यवाहारिक भ्रष्टाचार नेपालमा यि दुबै किसिमका भ्रष्टाचार आज हैन धेरै बर्ष देखि हुँदै आइ रहेका छन । त्यसैले नेपालको विकास हुन सकेको छैन। हाम्रो देश यस्तो देश हो जहाँ विश्वमा बनेका कानुनहरु मध्ये सर्बोत्कृस्ट छ । तर कानुनमा जे लिखित छ त्यसलाई ब्यवहारमा कार्यन्वयनमा आइ रहेको छैन ।

अहिले सरकारले भ्रष्टाचारको बिषयमा जुन शुन्य सहनशीलता नीति लिएको छ त्यसलाई कार्यन्वयनमा ल्याउन नसक्दा विभिन्न समस्याहरु आइरहेको देखिन्छ । सम्माननिय प्रधानमन्त्री केपि शर्मा ओलि ले म भ्रष्टाचार गर्दिन अरुलाइ पनि गर्न दिन्न र भ्रस्टाचार भएको सहन्न भनेर जुन प्रतिबद्धता जनाउनु भएको छ त्यो साच्चिकै ब्यवहारमा लागू हुनुपर्छ मुखले बोल्दैमा प्रत्येक कार्यलयको ढोकामा टास्दैमा भ्रष्टाचार न्यूनीकरण हुदैन र भ्रस्टाचार नहुने भन्ने हुदैन ।

म भ्रस्टाचार गर्दिन भन्ने कुरा हरेक नेता कर्याकर्ता,प्रत्येक कार्यलयका कर्मचारी नागरिकले राज्यको ढुकुटीलाई यो हाम्रै पसिना हो गरिब जनताको पसिनाको मुल्य सोचेर भ्रष्टाचार मुक्त समाज निर्माण गर्न आ( आफ्नो ठाउँ बाट उठन सके देश बन्न सक्छ मुलुकले विकासको गति लिन सक्छ । भ्रष्टाचार रोक्न भ्रस्टाचार हुन नदिन सबै लाग्नु पर्छ । तब मात्र सरकारले अघि सारेको समृद्ध नेपाल सुखी नेपाली समाज निर्माण गर्न सकिन्छ ।

सम्बन्धित समाचार