Close This

सिन्धुलीको सामुहिक चक्लाबन्दी खेतीमा मल अभाब,उत्पादन घट्नेमा किसानको चिन्ता

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-६-१२ गते   ४६५ पटक हेरिएको

सिन्धुलीको दुधौली नागरपालिका २ भलुवाहिमा शुरु गरिएको सामुहिक चक्लाबन्दी खेतीमा मल अभाब भएको छ । विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाईरस(कोभिड १९) को नियन्त्रणका लागि देशव्यापी लक डाउन घोषणा गरिएको र सोही बाहनमा बजारमा मल अभाव हुँदा किसानहरु मारमा परेका छन ।
 समयमै मल नपाउँदा गत वर्षको तुलनामा यस बर्ष अपेक्षित उत्पादन नहुने भन्दै किसानहरु चिन्तीत देखिएका छन ।  कृषि ज्ञान केन्द्र सिन्धुलीको समन्वयमा र प्रदेश सरकारको अनुदानमा शुरु गरिएको चक्लाबन्दी खेती प्रणालीमा आवश्यक पर्ने रसायनिक मल अभाव भएको हो । कुल १२१ बिगाहा जग्गाको लागि करिब ३ सय बोरा मल आवश्य पर्ने भए  पनि अहिलेसम्म प्राङ्गगारिक र जैविक मलकै भरमा धान हुर्किएको दुधौली नगरपालिका २ मा वडा अध्यक्ष रितेश राउतले बताउनु भयो ।
पहिलो बर्ष माटो मिलाउने कारणले यसैपनी उर्बराशक्ति घट्ने, त्यसमाथी मल अभाब हुदा अपेक्षित उत्पादन नहुने भएका कारण सो क्षेत्रका किसानहरु मारमा परेका छन । यस अघि प्रति कठ्ठा ३ मुरि धान उत्पादन भइ रहेकोमा सामुहिक चक्लाबन्दी खेती भए पनि विविध कारणले यो बर्ष प्रति कठ्ठा २ मुरि मात्र धान फल्ने देखिएको कृषि ज्ञान केन्द्र सिन्धुलीले जनाएको छ ।यसवर्ष पुर्विय हावा चलेकोले राते र सेते रोगले पनि अन्न उत्पादनमा कमि आउन सक्ने कृर्षि प्राबिधिक दिनेश बुढाथोकीले बताउनु भयो ।सोम प्रसाद न्यौपाने

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech