सुत्केरी गाई भैँसीलाई पोषण भत्ता वितरण निरन्तर

2.6k Shares


सर्लाहीको ईश्वरपुर नगरपालिकाले सुत्केरी गाई भैँसीको पोषण भत्ता वितरण कार्यक्रम सुरु गरेको छ । नगरपालिकाले गत वर्ष झैँ यस वर्ष पनि नगरभित्रका कुनै किसानले पालेको एउटा गाई वा भैँसी ब्याउँदा १ हजार ५ सय रुपैयाँका दरले पोषण भत्ता वितरण कार्यलाई निरन्तरता दिएको हो ।
ईश्वरपुरस्थित महेन्द्र बजारमा झण्डै ५० जना किसानलाई १ हजार ५ सयका दरले रकम बाँड्दै प्रदेश सभा सदस्य डिल्ली प्रसाद उपे्रेतीले कार्यक्रमको उद्घाटन गर्नू भएको हो । कार्यक्रममा नगर प्रमुख मनोज कुमार देवकोटा, उप प्रमुख एकावती देवी चौधरी, नगर पशु सेवा शाखाका प्रमुख शिकारी साह लगायतको उपस्थिति थियो ।
किसानलाई पशुपालनमा हौशल्ला प्रदान गरी दुध उत्पादन बढाउने उद्देश्यले कार्यपालिका बैठकबाटै निर्णय गरी यो कार्यक्रम सञ्चालनमा ल्याइएको नगरप्रमुखदेवकोटाले बताउनु भयो । चालु आवको ४ महिनामा मात्रै करिव ७ सय किसानले आफ्नो गाई भैँसी ब्याएको भन्दै वडा कार्यालयमार्फत सिफारिस पत्र पेश गरेका र उनीहरुलाई अब आईतवारबाट क्रमैसँग भत्ता रकम वितरण गरिने नगर प्रमुख देवकोटाले बताउनु भयो ।
दुध उत्पादन र स्वारोजगारमुलक कार्यमा नगरबासीलार्य केन्द्रीत गराउँदै नागरिकको जिवनस्तर माथी उठाउन यस्ता खालका कार्यक्रमहरुले निकै सहयोग पुग्ने आफुहरुले विश्वास लिएको नगर उप प्रमुख चौधरीले बताउनु भयो ।

सम्बन्धित समाचार