जिल्लाको लालबन्दी नगरपालिका 5 का 50 घरपरिवारलाई राहत वितरण गरिएको छ । राष्ट्र निर्माण मञ्च नेपालको आयोजना तथा लालबन्दी नगरपालिका 5 को सहकार्यमा वडा नम्बर 5 मा बसोबास गरेका अति गरिब,दलित,मुसहर तथा वेरोजगार रहेका ४६ घर परिवारलाइ खाद्यान्न तथा सावुन वितरण गरिएको राष्ट्र निर्माण मञ्च नेपाल सर्लाहीकी प्रतिनिधि अन्जना सिवाकोटीले जानकारी दिनु भयो ।

कोरोना भाईरस(कोभिड १९ ) का कारण विश्व नै आक्रान्त बनेको अवस्थामा विहान खाए बेलुका के खाने भन्ने अवस्थामा रहेका अति गरिब,दलित,मुसहर तथा वेरोजगारहरु केही र।हत पुगोस भनेर आफुहरुले चामल,दाल,नुन,तेल,बेसार र सावुन वितरण गरेको राष्ट्र निर्माण मञ्च नेपालका अध्यक्ष निर्मल कुमार उप्रेतिले बताउनु भयो ।

बैदेशिक रोजगार सम्बन्धी परामर्श,घरेलु हिंसा सम्बन्धी,मनोसामाजिक परामर्श सम्बन्धी कानुनी परामर्श निशुल्क प्रदान गर्दै आएको संस्थाले कोरोना संक्रमणको प्रभाव पछि देशका विभिन्न स्थानमा बसोबास गरेका अति गरिब,दलित,मुसहर तथा वेरोजगारलहरुलाई पनि राहत स्वारुप खाद्यान्न लगायतका सामग्री सहयोग गरिरहेको छ ।

लालबनदी नगरपालिका 5 का वडा अध्यक्ष मोहन भण्डारीको अध्यक्षता तथा राष्ट्र निर्माण मञ्च नेपालका अध्यक्ष निर्मल कुमार उप्रेतीको प्रमुख आतिथ्यतामा लालबन्दी नगरपालिका 5 को नमुना मुसहर बस्तीमा राष्ट्र निर्माण मञ्च नेपालको आयोजना तथा लालबन्दी 5 को सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा वडा नम्बर 5 का जनप्रतिनिधिहरुका साथै अनेरास्ववियुका केन्द्रीय सदस्य शिवराज धमाला,स्थानिय बुद्धिजिविहरु लगायतको उपस्थिती रहेको थियो ।
