Close This

सर्लाहीका दुइ स्थानमा सवारी दुर्घटना, ६ घाईते

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-९-६ गते   २७८ पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिका १ बागवानी जंगलस्थित पूर्व–पश्चिम राजमार्गमा माईक्रो र म्याजिक एक आपसमा ठक्कर खाँदा ५ जना घाईते भएका छन् । लालबन्दीबाट नवलपुर तर्फ गइरहेको ज १ ज ४५३ नम्वरको माइक्रो र विपरीत दिशाबाट आइरहेको ना १ ज ६४१५ नम्वरको म्याजिक ठोक्किएर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
दुर्घटनाका घाईतेहरु सामान्य रहेकाले प्राथमिक उपचार पछि घर फर्किसकेका जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।म्याजिक चालक बागमती नगरपालिका ११ का २२ वर्षीय श्रीमान पाख्रिन, यात्रुहरु लालबन्दी नगरपालिका ७ की ४५ वर्षीया कुन्ति देवी, लालबन्दी ७ कै ५७ वर्षीय विष्णु काफ्ले, बागमती नगरपालिका १ बस्ने २७ वर्षीया सीता ढुंगाना र हरिवन नगरपालिका ४ की ५० वर्षीया शान्ति लामा दुर्घटनामा घाईते हुनु भएको हो ।
यस्तै नवलपुर–मलंगवा सडक खण्ड अन्तर्गत हरिपुर नगरपालिका–८, जुटपानीमा ना ४१ प ३६१४ नम्वरको मोटरसाइकल र ना ६ ख ९७९० नम्वरको बस एक आपसमा ठक्कर खाँदा लालबन्दी नगरपालिका १ का २७ वर्षीय दिलिप चौधरी घाइते भएका छन् । मोटरसाइकल चालक लालबन्दी नगरपालिका १ का २७ वर्षीय चौधरीलाई स्थानिय स्वास्थ्य संस्थामा सामान्य उपचार पछि थप उपचारका लागि काठमाण्डौं पठाइएको प्रहरीले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech