Close This

जेसीआई लालबन्दीको बर्ष २०२१ को लागी खड्का सर्वसम्मत अध्यक्षमा चयन

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-९-२६ गते   ४०१ पटक हेरिएको

 जेसी आई लालबन्दीको बर्ष २०२१ को अध्यक्षमा श्याम कुमार खड्का निर्वाचित हुनु भएको छ ।  पुस २५ गते शनिबार लालबन्दीको होटेल नमस्तेमा सम्पन्न जेसी आई लालबन्दीको दोश्रो वार्षिक साधारण सभा तथा शाखा अधिवेशनबाट खड्का अध्यक्षमा निर्बिरोध निर्वाचित हुनु भएको हो । 
अधिवेशनबाट दुई कार्यकारीणी उपाध्यक्ष पदमा सरोज न्यौपाने र केशव राज खड्का, चार उपाध्यक्ष पदमा सन्तोष पौडेल, बिमल नगकोटी (अभिषेक) , गणेश कार्की, र कुमार घिमिरे निर्बिरोध निर्वाचित हुनु भएको जेसीआई लालबन्दीका सस्थापक अध्यक्ष जेसी किरण घिमिरे जानकारी दिनु भयो ।

जेसीआईको बिधान अनुसार निर्वाचन आयुक्तमा मातृशाखा चन्द्रनिगाहपुर सिटी जेसिज बर्ष २०२० का अध्यक्ष जेसी दिलिप सापकोटालाइ नियुक्त गरिएको थियो । जेसीआई लालबन्दीको बिधान अनुसार महासचिव, कोषाध्यक्ष र कानुनी सल्लाहकार पदमा भने अध्यक्षले मनोनित गर्ने व्यबस्था रहेको संस्थापक उपाध्यक्ष कोमलहरी गौतमले बताउनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech