Close This

प्रतिनिधि सभापुनस्थापनाको स्वागतमा कतै पञ्चेबाजा,कतै लड्डु र कतै र्याली

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-११-१२ गते   २६६ पटक हेरिएको

 सर्लाहीको लालबन्दीमा प्रतिनिधि सभा पुनस्थापना भएको अवसरमा पञ्चेबाजा बजाएर प्रतिनिधि सभा पुनस्थापनाको स्वागत गरिएको छ ।प्रतिनिधि सभा पुनस्थापना गर्ने सर्बोच्च अदालतको फैसलाको स्वागत गर्दै लालबन्दीमा पञ्चेबाजासहित स्वागत र्याली निकालिएको हो । 
नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–नेपाल समूहले पञ्चेबाजासहित निकालेको खुसीयाली र्यालीले लालबन्दी बजारको परिक्रमा गरेको थियो । नेकपा लालबन्दी नगर कमिटीको आयोजनामा निकालिएको र्याली लालबन्दी बजारको परिक्रमा गरि बसपार्कमा पुगेर कोण सभामा परिणत भएको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–नेपाल समूहका लालबन्दी नगर कमिटिका अध्यक्ष डिल्ली अधिकारीले जानकारी दिनु भयो ।
सभालाई सम्वोधन गर्दै पार्टीका केन्द्रीय सदस्य प्रल्हाद बुढाथोकी, प्रदेश कमिटी सदस्य एवम प्रदेश सभा सदस्य बेची लुंगेली, प्रदेश कमिटी सदस्य लुमणिप्रसाद धिमाल(लोचन), जिल्ला कमिटी सदस्य एवम लालबन्दी नगरपालिकाका नगर प्रमुख मानबहादुर खड्का, उप प्रमुख शान्ति लामा लगायतले सर्वोच्च अदालतको फैसला ऐतिहाँसिक र न्यायको पक्षमा रहेको भन्दै खुसी व्यक्त गर्नू भएको अखिल नेपाल महिला संघकी नेतृ अम्बीका राउतले जानकारी दिनु भयो । 


त्यसैगरी, जिल्ला सदरमुकाम मलंगवा, बरहथवा, धनकौल, बलरा लगायतका स्थानमा पनि सर्बोच्च अदालतको फैसलाको स्वागतमा र्याली निकालिएको नेकपा सर्लाहीका  जिल्ला सचिव कमल बुढाथोकीले जानकारी दिनु भयो ।
त्यस्तै नेपाली कांग्रेस, जसपा लगायत पार्टीका नेता कार्यकर्ताहरुले समेत जिल्लाका विभिन्न स्थानमा मंगलबार साँझैैदेखि बुधबार दिनभर पनि पटक–पटक सर्बोच्च अदालतको फैसलाको स्वागत गर्दै र्यालीहरु प्रदर्शन गर्ने काम गरिरहेका छन् भने पार्टीका नेताहरुले खुसीयालीमा लड्डु समेत खाएका छन् ।
 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech