सर्लाहीका विभिन्न स्थानमा दुई वटा निल गाई मृत अवस्था भेटिएका छन् । जिल्लाको गोडैता नगरपालिका १० झगरु चौक र बलरा नगरपालिका ५ मनुष्मारा खोलामा गरि दुईवटा निल गाई मृत अवस्थामा भेटिएका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सन्तोषसिंह राठौरले जानकारी दिनु भयो ।
दुर्लभ जनावर निल गाई मृत अवस्था भेटिएकोखबर पाउना साथ जिल्ला प्रहरी कार्यालयको प्रहरी टोली र जिल्ला वन कार्यालयको वनका कर्माचारीहरुको संयुक्त टोलीले घटनास्थलमा पुगेको थियो । संरक्षित वन्यजन्तुको रुपमा लिइने निल गाई मृत भेटिएको खवर पाए पछि घटना स्थलमा पुगि कानुनी प्रक्रिया पुरा गरेको प्रहरीले जनाएको छ ।