नेपाल पत्रकार महासंघ सर्लाही शाखाका पुर्व उपाअध्यक्ष पत्रकार बख्तीयार अलीले पत्रकार महासंघको भवन निर्माणका लागि रु १ लाख २० हजार सहयोग गर्नु भएको छ । महासंघ सर्लाही शाखाका अध्यक्ष टंक बहादुर क्षेत्रीलाई सो रकम हस्तान्तरण गर्नु भएको हो ।
केही हप्ताअघि आफ्नै भाईले आक्रमण गर्दा घाईते भएका पत्रकार अलीको उपचारका लागि अन्यन्त्रबाट संकलन भइ आएको सो रकम जिल्ला सदरमुकाम मलंगवामा निर्माणाधिन अवस्थामा रहेको महासंघको भवन निर्मााणका लागि पत्रकार अलीले हस्तान्तरण गर्नु भएको हो । नेपाल पत्रकार महासंघ सर्लाही शाखाको भवन जिल्ला सदरमुकाम मलंगवास्थित जिल्ला समन्वय समितिको कार्यालय नजिकै निर्माणाधीन अवस्थामा रहेको छ ।
निर्माण सुरु भएको लामो समय भईसकेको भएपनि आर्थिक अभाव लगायतका विभिन्न कारणले निर्धारीत समयमै निर्माण सम्पन्न हुन नसकेको भवन निर्माण पुरा गर्न आफुलाई उपचारको लागि संकलन भएको रकम महासंघलाई हस्तान्तरण गरेको पत्रकार अलीले बताउनु भयो ।