लालबन्दी नगरभित्रका सबै शैक्षिक संस्था बन्द गर्न नगरपालिकाको निर्देशन

3.8k Shares

 सर्लाहीको लालबन्दी नगरपालिकाले नगरभित्रका सबै शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ । कोभिड १९ संकट व्यवस्थापन सञ्चालन केन्द्र निर्देशक समितिको बैशाख १२ गतेको निर्णयलाई ध्यानमा राखि नगरभित्रका सबै शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय गरेको नगरपालिकाले जनाएको छ । 
लालबन्दी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बासुदेव तिमल्सेनाको हस्ताक्षरीत विज्ञप्तीमा नगरपालिका भित्रका सबै  शैक्षिक संस्थाहरुलाई विद्यार्थीहरुको भौतिक उपस्थिती नगराई भर्चुअल विधिमा पठनपाठन गर्न निर्देशन दिएको नगरपालिकाको शिक्षा शाखाले जनाएको छ ।
नगरपालिकाले मङ्गलबारदेखि नै  नगर भित्रका सबै शैक्षिक संस्था बन्द गरी भर्चुअल माध्यमबाट कक्षा सञ्चालन गर्न सकिने निर्णय गरेको हो । विश्वभरी फैलिदै गइरहेको नयाँ भेरियन्टको कोभिड–१९ महामारी नेपालमा समेत फैलिएको सन्दर्भमा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र निर्देशक समितिको बैशाख १२ गतेको निर्णय अनुसार देशभरका सबै शैक्षिक संस्थाहरुमा विद्यार्थीहरुको भौतिक उपस्थिती नगराई भर्चुअल र वैकल्पिक माध्यमबाट मात्र पठन–पाठन गराउने निर्णय गरेको छ ।
नगरले भौतिक उपस्थितिमा हुने पूर्व निर्धारित सबै प्रकारका परिक्षाहरु कार्यक्रमहरू र पठनपाठनहरु अर्काे सूचना जारी नभएसम्मका लागी स्थगित गरी विद्यालय तथा सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय गरिएको नगरका सूचना अधिकारी तथा वडा नम्बर ८ का वडा अध्यक्ष राजन कुमार श्रेष्ठले जानकारी दिनु भयो ।
जारी विज्ञप्तीमा नगरको निर्णयलाई अटेर गरि शैक्षिक संस्था सञ्चालन गरेमा त्यसबाट उत्पन्न हुने सबै प्रकारका जोखिमको क्षेतीपुर्ति सम्बन्धीत विद्यालय तथा विद्यालयका प्रधानाध्यापक र शैक्षिक संस्था सञ्चालकले दिनु पर्ने विज्ञप्तीमा उल्लेख गरिएको छ ।

सम्बन्धित समाचार