शंखर पहाडी(गौरब)
सर्लाहीको लालबन्दीमा रहेको कृषि थोक बजार व्यवस्थापन समितिले चालू आर्थिक वर्ष २०७९÷०८० को सात महिनामारु एक अर्बभन्दा बढीको तरकारी निकासी गरेको छ ।
लालबन्दी नगरपालिका ७ मा रहेको कृषि थोक बजार व्यवस्थापन समितिले विसं २०७९ साउन १ देखि माघ मसान्तसम्ममा तरकारी निकासीबाट रु एक अर्व ६६ लाख ६३ हजार तीन सय ५० रकम सङ्कलन गरेको समितिका व्यवस्थापक शम्भु घिमिरेले जानकारी दिए । उनका अनुसार आव २०७९/०८० को पहिलो महिना साउनमा रु २० करोड दुई लाख एक हजार सात सय ५०, भदौमा रु १८ करोड ८५ लाख ५२ हजार पाँच सय,असोजमा रु २७ करोड ८० लाख ८३ हजार एक सय २५, कात्तिकमा रु नौ करोड ६३ लाख ७८ हजार दुई सय ५०,मङ्सिरमा रु सात करोड १० लाख ६८ हजार चार सय ५०, पुसमा रु १७ करोड १५ लाख ८८ हजार तीन सय ५० र माघमा रु २० करोड ९४ लाख ३७ हजार छ सय ५० रकम सङ्कलन गरेको हो ।
आव २०७९÷०८० को साउन १ गतेदेखि माघ मसान्तसम्म तरकारी निकासी गरी सात महिनामा एक अर्ब ६६ लाख ६३ हजार तीन सय ५० रकम सङ्कलन भएको कृषि थोक बजार व्यवस्थापन समिति लालबन्दीका अध्यक्ष तोरणबहादुर मगरले जानकारी दिए । जिल्लाको लालबन्दी, हरिवन, हरिपुर र ईश्वरपुर नगरपालिका क्षेत्रमा किसानले उत्पादन गरेका गोलभेँडा, परबल, बोडी, सिमी, भन्टा, करेलालगायतका तरकारी लालबन्दीको बजारमा आउने गरेका कृषि थोक बजार व्यवस्थापन समितिले जनाएको छ ।
कृषि थोक बजार व्यवस्थापन समितिका अध्यक्ष मगरका अनुसार देशका सिन्धुली,रामेछाप, काठमाडौँ,पोखरा,बुटवल,भैरहवा,नारायणगढ,नेपालगञ्ज,हेटौँडा,वीरगञ्ज,गौर,जनकपुर,सिरहा, विराटनगर,इटहरीका साथै छिमेकी देश भारतको सोनवर्षा तथा सीतामाडीलगायतका स्थानमा लालबन्दीबाट तरकारी निकासी हुने गरेको छ ।
लालबन्दीबाट टमाटर,भन्टा,बोडी,लौका,करेला,काँक्रो,फुलकोभी,बन्दा कोभी,घिरौंला,सिमी, झिङ्गनी,मूला,हरियो खुर्सानी,बेथुको साग,गाजर,भिन्डी,परबल,रूख कटहर,वल,फर्सी,धनियाँको पात,कागती,उदुवा,मटरकोसा,प्याज र भेँडेखुर्सानी लगायतका तरकारी निकासी गरेको कृषि थोक बजार व्यवस्थापन समितिले जनाएको छ ।