Close This

सर्लाहीका सीमाबाट निर्वाध आवतजावत ,संक्रमणको जोखिम बढ्दै‘

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-१-१६ गते   २१२ पटक हेरिएको

सर्लाहीका खुल्ला सिमानामा संक्रमण रोकथाम तथा नियन्त्रणका लागि आवश्यक सर्तकता नअनाउंदा जोखिम बढ्दै गएको छ । भारतसंग सीमा जोडिएको जिल्लाको सिमानाकामा मानिसहरु निर्वाध आवतजावत गरिरहेका छन् । सीमामा परीक्षणको प्रबन्ध छैन भने सील पनि गरिएको छैन ।
सदरमुकाम मंलगवामा रहेको एउटा नाका मात्र खोल्ने निर्णय गरिएको भएपनि भारतसंगको ५१ किलोमिटर खुला सिमाबाट ओहोरदोहोर रोकिएको छैन भने जनस्तरबाटै सीमा सिल गर्नु पर्ने आवाज उठ्न थालेको छ ।
त्यसैगरी  मलंगवा अस्पतालले कोरोना संक्रमण बढेको भन्दै अस्पतालमा चाप कम गराउन बहिरंग सेवा बन्द गर्ने भएको छ । अस्पतालले एक सूचना निकालेर बहिरंग तथा इलेक्टिभ सर्जरीका सबै सेवा बन्द गर्ने जनाएको हो।
वैशाख १७ गते(आज)देखि अर्को सूचना जारी नभएसम्म अस्पतालका यी सेवा बन्द रहने अस्पताल प्रशासनले जनाएको छ । साथै अस्पतालले यसबाट पर्न गएको असुविधाप्रति सबैसँग माफी समेत मागेको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech