Close This

छिमेकीले पेट्रोल छर्केर आगो लगाई घाइते बनाइएका शियाशरणलाई हेलिकप्टर मार्फत उद्धार

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-१-२० गते   २५५ पटक हेरिएको

सर्लाहीको ईश्वरपुर नगरपालिका–१२, घारिबथानमा सोमवार बिहान एक छिमेकीले अर्का छिमेकीलाई पेट्रोल छर्केर आगो लगाइएका छन् । इश्वरपुर नगरपालिका १२  घारिबथानस्थित नयाँटोलका ५८ वर्षीय शियाशरण रायलाई सोही ठाउँका अन्दाजी ३५ वर्षीय शिवजी साहले शरीरमा पेट्रोल छर्केर आगो लगाएका हुन् ।
 आगोले जलेर गम्भीर घाईते भएका शियाशरणलाई उपचारका लागि तत्कालै धनुषाको लालगढ पठाइएको इश्वरपुर नगरपालिका १२ का वडा अध्यक्ष नागेन्द्र पाख्रिङ्गले जानकारी दिनु भयो । 
शियाशरणलाई त्यहाँ सामान्य उपचार पश्चात थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाण्डौं लगिएको ईलाका प्रहरी कार्यालय केशरगञ्ज,बयलवासका प्रहरी प्रमुख प्रहरी निरिक्षक जनकराज ढुंगानजाले जानकारी दनिजु भयो  । 
पेट्रोल छर्केर आगो लगाउने साह फरार भएका छन् । शिवजी आईतबार मात्रै दुबईबाट घर आएका इश्वरपुर नगरपालिका १२ का वडा अध्यक्ष पाख्रिङ्गले बताउनु भयो ।  शिवजीको खोजी कार्य तीव्र पारिएको प्रहरी निरीक्षक ढुंगानाले बताउनु भयो । 
प्रारम्भिक अनुसन्धानका क्रममा पुरानो रिसिईबीका कारण शिवजीले शियाशरणको ज्यानै लिने हिसाबले घटना गराएको पाइएको प्रहरीले जनाएको छ । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech