सर्लाही अस्पताल मलंगवामा जडान गरिएको पीसीआर मेसिन बिद्युत अनियमित हुँदा दुई दिनदेखि बन्द रहेको छ । जिल्लामा विद्युत अनियमित हुँदा पीसीआर मेसिन बन्द रहेको हो ।ल्याबमा वुधवार राती ९४ जनाको थ्रोट स्वाब जाँच गर्दा ४७ जनाको पोजिटिभ रिपोर्ट आएको थियो । तर त्यसपछि बिहिवार,शुुक्रवार र शनिबार दिनभर छिनछिनमै बत्ती गइरहने समस्याले मेसिन चलाउनै नसकिएको जिल्ला अस्पताल सर्लाहीका जनस्वास्थ्य निरीक्षक श्रीप्रसाद साहले बताउनु भयो ।
उहाँले मेसिन रसञ्चालन नभए पनि शुक्रवार ३० जनाको थ्रोट स्वाब संकलन भएको बताउनु भयो । । वुधवार,बिहिवार र शुक्रबारको केही स्वाबको रिपोर्ट आउन बाँकी रहेको थियो भने शनिबारको स्बाव सबैको रिपोर्ट आउन बाकी रहेको अस्पतालले जनाएको छ । यता,शनिबार सार्वजनिक बिदा परेकाले आइतवार मात्रै रिपोर्ट आउन सक्ने जनस्वास्थ्य निरीक्षक साहले बताउनु भयो ।
अस्पतालमा जेनेरेटर र अन्य वैकल्पिक उर्जाको व्यवस्था नहुँदा ल्याबमा खटिएका कर्मचारी समस्यामा परेका छन् । जिल्ला अस्पतालमा बैशाख १७ गते शुक्रवारबाट ल्याब संचालन भएदेखि शनिबारसम्म ३ सय ९० जनाको स्वाब संकलन भएको छ । सर्लाहीमा शुक्रबार बिहानसम्म जिल्लामा कोरोना सङ्क्रमितको सङख्या २ सय ४३ पुगेको स्वास्थ्य कार्यालय सर्लाहीका बलिराम यादवले जानकारी दिनु भयो । भने ४ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको यादवले बताउनु भयो ।
शुक्रबार र शनिवार स्बाव संकलन गरिएका सबै स्बावको रिर्पोट आईतबार मात्र आउने जिल्ला जनस्वास्थ्य कार्यालय सर्लाहीले जनाएको छ । एक पटक पीसीआर मेसिन चलाउन ९४ देखि ९६ जनाको थ्रोट स्वाब जम्मा हुनुपर्ने हुन्छ ।