सर्लाहीमा आजबाट राती ८ बजेदेखि बिहान ४ बजे सम्म कफ्र्यु,सुरक्षा व्यावस्था यथावतै

गणेश खड्का    प्रकाशित: २०८०-६-८ गते   ३४६ पटक हेरिएको

सर्लाही सदरमुकाम मलंगवामा विगत करिब १ सातादेखि जारी रहेको कफ्र्यु आदेश आजबाट राती ८ बजेदेखि बिहान ४ बजे सम्म जारी रहने घोषणा गरिएको छ ।हिन्दु र मुस्लिम समुदाय वीचको विवादलाई लिएर जिल्ला सदरमुकाम मलंगवा अशान्त बन्दै गएको भन्दै जारी गरिएको कफ्र्यु सोमबारदेखि राती ८ बजेदेखि बिहान ४ बजे सम्म जारी रहने निर्णय भएअनुसार कायम गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।
उनका अनुसार अवस्था तनावग्रस्त भएपछि सेना परिचालन समेत गरिएको मलंगवा क्षेत्रमा सामेबार बसेको सर्वपक्षयि सर्व दलिय बैठकले राती ८ बजेदेखि बिहान ४ बजे सम्म लागु हुनेगरी अनिश्चित कालका लागि जारी गरिएको हो ।दिउँसोको कफ्र्यु हटाइएको भएपनि सुरक्षा व्यावस्था यथावत नै रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक नरेशराज सुवेदीले जानकारी दिए । उनका अनुसार दिउँसोको कफ्र्यु हटेपनि सुरक्षा व्यावस्थामा कडाई कायमै रहने छ ।भने सामाजिक सञ्जालहरुमा विभिन्न किसिमका अतिरंजित र भ्रम सृजना गरि साम्प्रदायिक दंगा भडकाउने मानिसहरुको पहिचान गरि नियन्त्रणमा लिने र कानुनी कार्बाही समेत सुरु भएको जिल्ला सुरक्षा समितिले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech