सर्लाहीमा १ सय २२ थान अक्सिजन सिलिण्डर संकलन,

3.3k Shares

 सर्लाही प्रहरीले १ सय २२ थान अक्सिजन सिलिण्डर संकलन गरेको छ । जिल्लाको तीन वटा चिनी उद्योगमा रहेका ८० वटा भरिएका र ४२ वटा खाली अक्सिजन सिलिण्डर जम्मा पारिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले जानकारी दिनु भयो । उनका अनुसार इन्दुशंकर चिनी उद्योग हरिवन, अन्नपूर्ण चिनी उद्योग धनकौल र महालक्ष्मी चिनी उद्योग बगदहमा रहेका अक्सिजन सिलिण्डर जम्मा गरिएको हो ।
ती सिलिण्डर जिल्लाका जुनसुकै ठाउँका कोरोना संक्रमितलाई आवश्यक पर्ने बित्तिकै तुरुन्तै पु¥याउने गरी हाल इलाका प्रहरी कार्यालय हरिवनमा राखिएको प्रहरी उपरिक्षक राठौरले बताउनुभयो । संक्रमणको अवस्था सामान्य बन्दै गएपछि फिर्ता गर्ने सर्त सहित अक्सिजन सिलिण्डर हुनसक्ने अन्य ठाउँ पनि खोजी भइरहेको उहाँले जानकारी दिनु भयो । कोरोना संक्रमितको उपचारमा अक्सिजन सिलिण्डर अभाव भएको खबर जताततै आउन थालेपछि  सर्लाही प्रहरी अक्सिजन सिलिण्डर संकलनमा लागेको हो । सिलिण्डरको जोहोसँगै स्थानीय प्रशासन अहिले आइसोलेसनको व्यवस्थापनमा समेत सक्रिय भएको छ । 
सर्लाहीका प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले सदरमुकाम मलंगवा, लालबन्दी, हरिवनलगायतका स्थानमा आइसोलेसन निर्माण भएको बताउनुभयो । जिल्लाको उत्तरी भेगका स्थानीय निकायहरु आइसोलेसन बनाउने तयारीमा जुटे पनि दक्षिणी भेगका स्थानिय निकायलाई आइसोलेसन तयार गर्न समस्या छ । आफ्नो स्थानिय निकायमा एमविविएस चिकित्सक नहुँदा चाहेर पनि आईसोलेसन तयार पार्न नसकेकोती स्थानिय निकायहरुले गुनासो गरेका छन् ।

सम्बन्धित समाचार