सर्लाहीको बरहथवामा घरको छतबाट खसेर एक महिलाको ज्यान गएको छ । बरहथवा नगरपालिका ५ की अन्दाजी ५१ वर्षीय गीता थापा मगरको आफ्नै तीन तले घरको छतबाट खसेर ज्यान गएको हो ।
शनिवार बिहान घरको छतमा लुगा सुकाउने क्रममा अचानक छतबाट खसेर गम्भीर घाईते भएकी मगरको उपचारका क्रममा नेशनल मेडिकल कलेज वीरगन्जमा दिउँसो ज्यान गएको ईलाका प्रहरी कार्यालय वरथवाका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक उद्धवसिंह भाटले जानकारी दिनु भयो ।