Close This

निषेआज्ञाको मौकामा व्यापारीहरुको रजाँइ, सय रुपैँया सम्म मुल्य बृद्धि

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-२-१९ गते   २००६ पटक हेरिएको

सर्लाहीका व्यापारीहरुले दैनिक उपभोग्य बस्तु तथा खाद्यान्नको मुल्यवृद्धि गराएका छन् ।   विश्वव्यापी महामारीकोरुपमा फैलिएको कोरोना भाईरसको दोस्रो भेरियन्टको संक्रमण दिनानुदिन बढ्दै गएको मौका छोपी जिल्लाका व्यापारीहरुले दैनिक उपभोग्य बस्तुको मुल्य बढाएका हुन ।
जिल्ला प्रशासन कार्यालय सर्लाहीले कोभिड –१९ को  संक्रमण नियन्त्रण गरि सामुदायिक स्तरमा फैलिन नदिन जिल्लाभरी निषेधाज्ञा जारी गरे सँगै जिल्लाका व्यापारीहरुले  आफुखुसी खाद्यान्नसहित अन्य दैनिक उपभोग्य बस्तुमा कृतिम  मुल्यवृद्धि गरेका हुन् । कोरोना भाइरसबाट संक्रमित हुने चिन्ताले सताइरहेको बेला एकाएक सबैखाले उपभोग्य सामाग्रीको बजार भाउ बढेपछि सर्वसाधारण नागरिकहरु चिन्तीत बनेका छन् । दिनभरको कमाईले साँझ बिाहन हातमुख जोड्ने सर्वसाधारणहरु कृतिम मुल्य बृद्धिबाट सबैभन्दा बढी मारमा परेका स्थानिय जानकार उमासिंह साहले बताउनु भयो । 
होलसेल गर्ने तथा ठुला व्यापारीहरुले नै सामानको मुल्य बढाएपछि बाध्य भएर आफुहरुले पनि मुल्य बढाएको साना तथा खुद्रा व्यापारीहरुले बताएका छन् ।  बजारमा अहिले चामल, दाल,चना, मटर ,खानेतेलदेखि प्याकिङ गरिएका खाद्य बस्तुहरुमा मूल्यवृद्धि भएको छ ।निशेधाज्ञा अगाडी होलसेल व्यापारीहरुले प्रति कार्टुन रु २ हजार ४ सय ५० मा दिंदै आएको सनफ्लावर खानेतेल अहिले प्रति कार्टुनमा रु १ सयले बढाएर रु २ हजार ५ सय ५० मा बिक्री गर्ने गरेको लालबन्दीका एक खुद्रा व्यापारी जोगिन्द्र महत्तोले बताए ।
जिल्लाका शहरी तथा ग्रामीण भेगका बजारमा सबैखाले सामानहरुमा लकडाउन हुनु अगाडीको खुद्रा  मूल्य र त्यसपछिको मूल्यमा रु १० देखि रु एक सय सम्म बढाएर बिक्री  भइरहेको पाइएको छ ।
    ग्रामीण भेगका व्यापारीहरुले बजारमा रिचार्ज कार्डको सटेज भएको भन्दै रु ५० को रिचार्ज कार्डमा  रु ५ रुपैया र एक सयको रिचार्ज कार्डमा रु १० थप गरेर लिने गरेका स्थानीय उपभोक्ताहरुको गुनासो छ ।होलसेल बिक्रेताले सबैखाले बस्तुमा मूल्य बढाएका कारण सानातिना खुद्रा बिक्रेताले समेत बाध्य भएर मूल्य बढाउनु परेको व्यवसायीहरुको भनाइ छ ।लकडाउनको बेलापनि सरकारले खाद्यान्न लगायतका अन्य दैनिक उपभोग्य बस्तुको आयात निर्यातमा कुनै रोक नलगाएको भएपनि दुवानी र लोड अनलोड गर्न मजदुरहरुको अभाव देखाएर होलसेल बिक्रेताले सबै बस्तुमा मूल्य बढाएको खुद्रा बिक्रेताको भनाइ छ ।
      यसरी अस्वभाविक रुपमा दैनिक उपभोग्य सामाग्रीको मुल्यवृद्धि भएको विषयमा जान्दाजान्दै सरोकारवाला तथा नियमनकारी निकाय अनभिज्ञ हुँदा लकडाउनले गर्दा रोजगारी गुमाएका  सर्वसाधारण विपन्न वर्ग महंगोमा खाद्यान्न किन्न बाध्य भएको स्थानीय सुन्दर श्याम यादवले गुनासो गर्नु भयो। उहाँका अनुसार लकडाउनसँगै खाद्यान्न लगायतका दैनिक उपभोग्य बस्तुको मुल्यवृद्धि भइरहँदा स्थानीय निकाय,उद्योग बाणिज्य संघ र जिल्ला स्तरीय बजार अनुगमन समिति मोन बसेको सर्वसाधारणको आरोप छ । 
     स्थानीय सरकारसँग बजार अनुगमन गर्ने,कालोबजारी तथा महँगी नियन्त्रण गर्ने,कार्यवाही गर्ने र संकटको बेला अत्यावश्यक बस्तुहरुको अभाव हुन नदिने जिम्मेवारी तथा अधिकार रहेपनि सो अनुसारको काम गर्न स्थानिय सरकारले तादरुकता देखाउका छैनन् ।
शहर बजारको भन्दा ग्रामीण तथा दुर्गम क्षेत्रमा खाद्यान्न लगायतका सामाग्रीहरुमा मुल्यवृद्धि भइरहेको गुनासो बढेको छ ।गतवर्ष पनि लकडाउनको समयमा यसैगरी मनपरि मुल्यवृद्धि भएको थियो ।त्यो बेलापनि सरोकारवाला र नियमनकारी निकायले बजार अनुगमन ,कार्यवाही तथा महँगी नियन्त्रणका लागि केही प्रयास नगरेको स्थानिय उपभोक्ताको गुनासो छ । अहिले पनि उनीहरु थाहा पाएर पनि थाहा नपाएको जस्तो गरि मौन बसेका छन् ।
  यस्तो संकटको परिस्थितिमा स्वास्थ्य  समस्याबाट गुज्रिरहेका आम नागरिकहरुलाई थप संकटको भुमरीमा नपार्न यतिबेला प्रभावकारी बजार अनुगमनको आवश्यक्ता रहेकोले जिल्लाका २० वटै स्थानिय निकायहरुले आ–आफ्नो स्तरबाट कालोबजारी र अस्वाभाविक मुल्यवृद्धि रोक्न कदम चाल्नु जरुरी रहेको जानकारहरुको भनाई छ । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech