Close This

प्रहरी नायव उपरिक्षक भाटको पक्षमा जनलहर,प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-२-२० गते   २४८ पटक हेरिएको

सर्लाहीको इलाका प्रहरी कार्यालय बरथवाका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक उद्धव सिंह भाटलाई माफिया लागेर हटाउन खोजेको भन्दै बरहथवाका नागरिकहरुले जिल्ला प्रशासन कार्यालय, सर्लाहीमा ज्ञापन पत्र बुझाएका छन् ।
शान्ति सुरक्षा र अपराध नियन्त्रण, कोभिड १९ नियन्त्रणमा सक्रिय भएर काम गरिरहेको प्रहरी प्रशासनलाई केही माफिया व्यापारीहरुले काम गर्न नदिएको भनी नेपाल युवा विकास समाजको पहलमा हस्ताक्षर सहित ज्ञापन पत्र बुझाइएको समाजका अध्यक्ष राम प्रमोद रायले जानकारी दिनु भयो  ।
प्रहरी नायव उपरिक्षक भाटको नेतृत्वको टोलीलाई पुनः उच्च मनोबलका साथ काम गर्नका लागि स्थानीयबासीले साथ सहयोग दिनेपनि बताएका छन् । प्रहरी नायव उपरिक्षक भाट ईलाका प्रहरी कार्यालय बरथवा आएपछि सो क्षेत्रमा तस्करी गर्नेदेखि, अबैध धन्दा चलाउनेहरुको निद हराम भएको छ ।
कोरोना महामारी नियन्त्रणको लागि नेपाल सरकारले घोषणा गरेको निषेआज्ञा पुर्ण रुपमा पालना गराउँन प्रहरीलाई हौसला दिएर काम गर्न आफुहरु साथ दिने तयार रहेको स्थानियबासीले बताएका छन् ।  उनिहरुले केही माफिया ब्यापारी र राजनीतिकर्मीले अफवाह फैलाएर प्रहरी नायव उपरिक्षक भाटको सरुवाको तयारी गरेको भन्दै उनीहरु प्रति ध्यानाकर्षण गराउन पनि युवा विकास समाजले प्रमुख जिल्ला अधिकारी हेमराज तामांग समक्ष ज्ञापन पत्र मार्फत आग्रह गरेको छ ।
नेपाली कांग्रेस सर्लाही क्षेत्र नं. ३ का क्षेत्रीय प्रतिनिधि सुरेन्द्र दासलाई निषेधाज्ञा उल्लंघन गर्दा प्रहरीले कारबाही गरेको र उक्त विषयलाई लिएर नेपाली कांग्रेस बरथवा नगर सभापति उपेन्द्र महत्तोले प्रहरीको विरुद्धमा बिज्ञप्ति नै निकाल्नु भएको थियो । 
निषेधाज्ञा उल्लंघन गरेपछि जेठ ५ मा इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक भाटको टोलीले उनीहरूलाई होल्डमा राख्न बाध्य भएको थियो ।निषेधाज्ञा उल्लंघन गरेका उनीहरूलाई प्रहरीले सम्झाइ बुझाइ घर फर्किन आग्रह गर्दा प्रहरीलाई नै गाली बेइजेती तथा दुव्र्यवहार गरेपछि प्रहरीले केही समय होल्डमा रोखेको प्रहरी नायव उपरिक्षक भाटको भनाइ छ । प्रहरी उपरिक्षक र प्रमुख जिल्ला अधिकारी खल्तीका मान्छे भन्दै निषेधाज्ञा तोड्ने कांग्रेस नेताहरुले उल्टै प्रहरी विरुद्ध वक्तब्य बाजी सुरु भएपछि स्थानीय आक्रोशित हुन । सो क्षेत्रका स्थानीय जनता सबै प्रहरी नायव उपरिक्षक भाटको पक्षमा देखिएका छन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech