Close This

सर्लाहीमा ५७ जनाको र्‘यापिड टेस्ट’ नेगेटिभ

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-१-३ गते   ५७१ पटक हेरिएको

भारत तथा तेस्रो मुलुकबाट आएर सर्लाहीका विभिन्न क्वारेन्टाइनमा राखिएका ५७ जनाको र्‘यापिड टेस्ट’ गरिएको छ । विभिन्न स्थानीय तहका क्वारेन्टाइनमा रहेका ५७ जनाको र्‘यापिड टेस्ट’मार्फत कोरोना परीक्षण गरिएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए । परीक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको उनले बताए ।
सोमबार दिउँसो मात्र्र यापिड टेस्ट किट जिल्ला ल्याइएको जिसीले बताए । प्राप्त किटबाट जिल्लाको चन्द्रनगर गाउँपालिकाको क्वारेन्टाइनमा रहेका ५० जना, कौडेना गाउँपालिकाको क्वारेन्टाइनमा रहेका पाँच जना र हरिपुर नगरपालिकाको क्वारेन्टाइनमा रहेका दुई जनाको कोरोना जाँच गरिएको र उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए ।
जिसीका अनुसार विभिन्न मुलुकबाट आएर जिल्लाका क्वारेन्टाइनमा रहेका सबैको क्रमशस् कोरोना परीक्षण गरिनेछ । सर्लाहीमा भारत तथा तेस्रो मुलुकबाट फर्किएका ९१ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।कोरोना संक्रमणको सम्भावित जोखिमलाई मध्यनजर गरी जिल्लाको २० स्थानीय तहले ३७ स्थानमा तीन सय ८३ बेड क्षमताको क्वारेन्टाइन निर्माण गरेका छन् । मलंगवास्थित जिल्ला अस्पतालमा १५ शय्याको आसोलेटेड बेड तयारी अवस्थामा रहेको जिल्ला विपत् व्यवस्थापन समितिले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech