Close This

८० किलो लागुऔषध गाँजा सहित २ जना पक्राउ

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-३-१३ गते   १७९ पटक हेरिएको

सर्लाहीको ईलाका प्रहरी कार्यालय लालबन्दीले लागू औषधगाँजा सहित २ जनालाई पक्राउ गरेको छ । लालबन्दी नगरपालिका. १५ तिनतल्ले झल्लाचौडीबाट लागू औषधगाँजा ८० किलोसहित २ जनालाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय लालबन्दीका  निमित्त प्रमुख सई रविन्द्र दाहालले जानकारी दिनुभयो ।
विशेष सुचनाको आधारमा प्रदेश २ नं. प्रदेश प्रहरी कार्यालय जनकपुर,ईलाका प्रहरी कार्यालय लालबन्दी र प्रहरी पोष्ट परवानिपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले लागू औषधगाँजा अन्दाजी ८० किलो र ईश्वरपुर नगरपालिका १२ का अन्दाजी बर्ष ३३ का आईत सिंह स्याङतान र सोही स्थान बस्ने अन्दाजी वर्र्ष ५४ का मान बहादुर स्याङतानलाई पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई ईलाका प्रहरी कार्यालय लालबन्दीमा राखि आवश्यक अनुशन्धान भई रहेको ईलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय लालबन्दी र मातहतका प्रहरी चौकीबाट गरि चालुआर्थिक वर्षमा  २ सय ५० किलो लागु औषध गाँजा बारामद भएको प्रहरीले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech