Close This

आमाबाबु विहिन बालबालिकालाई कमलामाई नगरपालिकाद्धारा आर्थिक सहयोग

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-३-२२ गते   ७२ पटक हेरिएको

सिन्धुलीको कमलामाई नगरपालिकाले विपन्न तथा आमाबाबु विहिन बालबालिकालाई आर्थिक सहयोग गरेको छ । बागमती प्रदेशको आमाबुवा विहिन बालबालिकाको संरक्षण कार्यक्रम अन्तर्गत नगरपालिकाले प्रत्येक वडाका आमा बुवा विहिन तथा विपन्न परिवारका तीन÷तीन जना बालबालिकालाई आर्थिक सहयोग गरेको हो । 
मंगलबार कमलामाई गरपालिका १० का तीन जना आमा बुवा विहिन बालबालिकालाई रु तीन हजारका दरले आर्थिक सहयोग गरेको कमलामाई नगरपालिका १० का वडा अध्यक्ष कैलाश ढुंगेलले बताउनुभयो । उहाँका अनुसार बालबालिकालाई उक्त आर्थिक सहयोगले उनीहरुको शिक्षामा थोरै भए पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ । 
कमलामाई नगरपालिकाका १४ वटै वडाका आमाबुवा विहिन प्रति वडा तीन जना बालबालिकालाई रु तीन हजारका दरले सहयोग गरिने कमलामाई नगरपालिकाका नगर प्रमुख खड्का बहादुर खत्रीले कमलामाई खबर डटकमलाई जानकारी दिनु भयो ।
बागमती प्रदेशले आर्थिक वर्ष २०७७÷०७८ को आमा बुवा विहिन बालबालिकाको संरक्षण कार्यक्रम अन्तर्गत  प्रत्येक नगरपालिकाको लागि रु ९६ हजार र गाउँपालिकाको लागि रु ७२ हजारको दरले रकम  विनियोजन गरेको थियो । त्यस्तै महानगरपालिका तथा उपमहानगरपालिकाको लागि रु १ लाख २० हजारका दरले बजेट विनियोजन गरेको थियो ।पुष्पा सुनुवार  कमलामाई नगरपालिका सिन्धुली

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech