बँदेलको आक्रमणबाट तीन जना घाईते

2.9k Shares

सर्लाहीको मलङ्गवा नगरपालिका–६, खुटौनामा जङ्गली बँदेलको आक्रमणबाट एक बालिकासहित तीन जना घाईते भएका छन् । शनिवार साँझ खेतमा काम गरिरहेका उनिहरुलाई जङ्गली बँदेलले आक्रमण गरेको थियो । सो घटनामा स्थानीय वर्ष अन्दाजी १८  का रमेश राम, वर्ष अन्दाजी १३ की काजल साह र अन्दाजी वर्ष २८ का विजय साह घाईते भएका हुन् ।
उनीहरु तीनै जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । केही दिनअघि पनि सर्लाहीको रामनगर गाउँपालिकामा बँदेलको आक्रमणबाट एक बालक घाईते भएका थिए । बढ्दो वन विनाशले पछिल्लो समय जङ्गली जनावर मानव बस्ती तथा खेतबारीमा पस्ने क्रम बढेको छ । अहिले वन क्षेत्रमा डढेलो लागिरहेकाले जङ्गली जनावर भागेर मानव बस्तीमा निस्कने क्रम बढेको स्थानीय वासिले बताएका छन् ।

सम्बन्धित समाचार