Close This

राष्ट्रिय सभाकी उपाध्यक्ष दाहालद्वारा बरहथवा नगरपालिकाको निरीक्षण

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-४-३२ गते   २५ पटक हेरिएको

सर्लाहीको बरहथवा नगरपालिकाको राष्ट्रिय सभाकी उपाध्यक्ष शशीकला दाहालले निरीक्षण गर्नु भएको छ । उहाँलाई नगर प्रमुख देवानन्द महतो, उपप्रमुख सीतादेवी माझी लगायतले बरहथवामा स्वागत गर्नु भएको थियो । 
स्वागत ग्रहण पश्चात मन्तव्य राख्दै राष्ट्रिय सभाकी उपाध्यक्ष दाहालले संघीयतामा अधिकारका विषयलाई लिएर तीन तहका सरकारबीच विवाद देखिएको र अहिले निर्माण भइरहेका कानुन तय भएपछि स्थानीय तह, प्रदेश र संघ आ–आफ्नो कानुनबारे स्पष्ट हुने बताउनु भयो ।
उहाँले जनतासँग सोझै जोडिने भएकाले संघियता कार्यान्वयनमा सबै भन्दा महत्वपूर्ण भूमिका स्थानीय निकायहरुकै रहेको उल्लेख गर्नु भयो । बरहथवा आउनु भएको अवसरमा दाहालले नगरपालिका कार्यालयको सम्पूर्ण शाखाहरुको निरीक्षण गर्नु भएको नगरपालिकाले जनाएको छ । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech