एमालेका प्रभावशाली नेता राय माओवादी केन्द्रमा प्रवेश, प्रचण्डद्वारा स्वागत

3.8k Shares

नेकपा (एमाले) सर्लाहीका प्रभावशाली नेता शिवपुजन राय नेकपा(माओवादी केन्द्र)मा प्रवेश गरेका छन् । सर्लाहीको रामनगर गाउँपालिकाको बिर्ता निवासी नेता रायलाई काठमाण्डौंस्थित खुलमटारमा रहेको आफ्नै निवासमा नेकपा(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले पार्टीमा प्रवेश गराउनु भएको हो ।
 उनलाई प्रचण्डसहित (माओवादी केन्द्र)सर्लाहीका जिल्ला सचिव कमल बुढाथोकी, पार्टीका नेता एवम राष्ट्रिय सभा सदस्य राधेश्याम पासवान, पार्टीको ४ नम्वर क्षेत्रका नेता फकिरा महतो लगायतले खादा ओढाएर पार्टीमा स्वागत गरेका हुन् ।
रातो पासपोर्ट दुरुपयोग गरेको अभियोगमा प्रतिनिधि सभा सदस्य निर्वाचन लड्नबाट बन्चित भएका नेता राय नेकपा एमाले र माओवादी केन्द्र मिलेर नेपाल कम्युनिष्ट पार्टी बन्नुअघि माओवादीमै रहेका थिए । पछि सर्वोच्चले एमाले र माओवादीलाई अलग–अलग गरेपछि उनी एमालेतर्फ लागेका थिए ।
सुरक्षाको हिसाबले अति संवेदनशील मानिने क्षेत्र नं. ४ मा नेता राय र नेपाली कांग्रेसका नेता एवम सो क्षेत्रका प्रतिनिधि सभा सदस्य डा. अमरेशकुमार सिंहबीच टसल रहँदै आएको छ । राय र सिंह पक्षको विवादले बेला–बेलामा ४ नम्वर क्षेत्रमा तनाव उत्पन्न हुने गरेको छ ।

सम्बन्धित समाचार