Close This

सम्वाद समितिको बैठक मलंगवामा सम्पन्न, तीनवटा द्वन्द्व छनौट गर्न बाँकी

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-५-१८ गते   २१०९ पटक हेरिएको

प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र सर्लाहीको जिल्ला स्तरीय सम्वाद समितिको बैठक सर्लाही सदरमुकाम मलंगवामा सम्पन्न भएको छ ।  जिल्ला समन्वय समिति सर्लाहीको सभाहलमा आयोजना गरिएको कार्यक्रममा केन्द्रले गर्दै आएको कामहरुको उपलब्धी, चूनौती र सिकाईका बारेमा चर्चा गरिएको थियो ।
 छैठौं चरणमा केन्द्रले गर्दै आएका कामहरुको प्रगति र छनौट गर्न बाँकी रहेका द्वन्द्वको बारेमा केन्द्रकी राष्ट्रिय स्रोत व्यक्ति पार्वती विश्वकर्माले सहभागिहरुलाई जानकारी गराउनु  भयो । छैठौं चरणमा ५ वटा द्वन्द्व समाधान गर्नुपर्ने लक्ष्य रहेको, जसमा दुईवटा समाधानका प्रक्रियामा रहेको र तीनवटा द्वन्द्व छनौट गर्न बाँकी रहेको स्रोत व्यक्ति विश्वकर्माले बताउनु भयो ।
१ अक्टोबर २०२० देखि सुरु भएको छैठौं चरण ३० सेप्टेम्बर २०२२ मा सम्पन्न हुने पनि उहाँले जानकारी दिनु भयो । कोभिडका कारण द्वन्द्व समाधानमा केही ढिलाई भएको विकले बताउनु भयो । उहाँले कोभिड १९ को समयमा जिल्लाका विभिन्न नगरपालिका र गाउँपालिकामा केन्द्रले खाद्यान्न र स्वास्थ सुरक्षा सामाग्री सहयोग गरेको समेत बतउनु भयो ।
समितिले स्थानीय तहसँग समन्वय गरी नेपाल मास्क अभियान पनि सञ्चालन गरेको छ । बैठक जिल्ला समन्वय समिति सर्लाहीकी उपप्रमुख जमुना पराजुलीको अध्यक्षतामा संचालन भएको थियो । भने मलंगवा नगरपालिकाका नगर प्रमुख निरसल साह, चन्द्रनगर गाउँपालिकाकी उपाध्यक्ष बिना देवी, प्रमुख जिल्ला अधिकारी रामकुमार महतो, मालपोत कार्यालय मलंगवाका प्रमुख पन्नीलाल यादव, जिल्ला बार एशोसियसनका अध्यक्ष नरेश चौधरी, प्रहरी नायब उपरीक्षक माधव प्रसाद बुढाथोकी लगायतको उपस्थिति रहेको थियो । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech