Close This

होटल व्यवसायीहरुद्धारा नगरलाई ५ सय थान सर्जिकल मास्क सहयोग

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-१-८ गते   ३०५ पटक हेरिएको

सर्लाही लालबन्दीका होटल व्यवसायीले लालबन्दी नगरपालिकालाई ५ सय थान सर्जिकल मास्क सहयोग स्वारुप प्रदान गरेका छन् । लालबन्दीका होटल व्यवसायीको तर्फबाट यो महमारीको समयमा खटिने स्वास्थ्यकर्मी लगायतलाई थोरै भएपनि सहयोग पुगोस् भनेर मास्क प्रदान गरेको होटल व्यवसायी संघ सर्लाहीका अध्यक्ष तथा  होटल व्यवसायी हीराकाजी योन्जनले बताउनुभयो ।
यस्तै सर्लाहीको पूर्व–पश्चिम लोकमार्ग स्थित घारबिथान जान हिडेका युवाहरुले बाँके चोकमा लोकमार्गमा पैदल हिँडेर गन्तव्यतर्फ हिँडिरहेकाहरुलाई चाउचाउ, बिस्कुट र पानीको व्यवस्था गरेका छन् । ईश्वरपुर नगरपालिका–१२, घारिबथान नयाँटोलका युवा र आफू मिलेर पैदल यात्रीको सेवा गरिरहेको बाँके चोकमा होटल चलाएर बसेका टलकबहादुर पुलामीले बताउनु भयो ।
यसैगरी उद्योग वाणिज्य संघ हरिपुरले हरिपुर नगरपालिकालाई व्यवसायीको तर्फबाट आर्थिक सहयोग गरेको संघका अध्यक्ष शंकर दाहालले बताउनु भयो । अहिले विभिन्न क्षेत्रमा क्रियाशिल व्यक्ति तथा सामाजिक संघसंस्थाले लकडाउनपछि समस्यामा परेका परिवार तथा महामारी नियन्त्रणमा विभिन्न स्थानिय निकायहरुलाई सहयोग गरिरहेका छन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech