मधेश प्रदेशको कमला–ढल्केबर–पथलैया सडक चार लेनमा विस्तार गर्ने पक्रिया चाँडै सुरु हुने भएको छ । नेपाल सरकारले पूर्व–पश्चिम लोकमार्गको मधेश प्रदेशको कमला–ढल्केबर–पथलैया सडक चार लेनमा विस्तार गर्ने पक्रिया चाँडै सुरु गर्ने प्रक्रिया थाल्न निर्देशन दिएको छ ।
नेपाल सरकारले पूर्व–पश्चिम लोकमार्गको मधेश प्रदेशको कमला–ढल्केबर–पथलैया सडक चार लेनमा विस्तार गर्ने पक्रिया चाँडै सुरु गर्ने प्रक्रिया यो वर्षबाटै प्रक्रिया थाल्न निर्देशन दिएको हो ।
विश्व बैंक र नेपाल सरकारको संयुक्त लगानीमा‘स्टाटेजिक रोड कनेक्टिभिटि एण्ड ट्रेड इम्प्प्राभमेन्ट प्रोजेक्ट’अन्तर्गत सडक विस्तार अघि बढाउन लागिएको सडक विभागले जनाएको छ । सो सडक चार लेनमा विस्तार गर्न लागिएको भए पनि सहरी क्षेत्रमा दायाँबायाँ दुवैतर्फ‘सर्भिस लेन’थप एकएक लेनमा निर्माण गरिने र विभिन्न स्थानमा सवारी साधनका लागि ‘अण्डर पास’ तथा ‘ओभर पास’ निर्माण तथा जनावरका लागि सडक पार गर्न संरचना बनाइने भएको सडक विभागले जनाएको छ ।
मधेश प्रदेशको कमला–ढल्केबर–पथलैया सडक जम्मा १ सय ३० किलोमिटर लम्बाइको सडकमा करिब ७६ वटा पुल निर्माण हुने सडक विभागले जनाएको छ । बागमती,बकैया र कमला खोलामा गरी तीन स्थानमा ‘सिग्नेचर पुल’ निर्माण गरिने र डिजाइनमा नै सवारी साधन एक सय किलोमिटर प्रतिघण्टाका दरले गुड्ने गरी र कतिपय स्थानमा ७५ किमी गुड्न सक्ने गरि सडक र पुल निर्माण गरिने भएको हो ।
सो क्षेत्रमा सडक विस्तारका लागि जग्गा अधिग्रहण गर्न नपर्ने भएपनि लालबन्दी,हरिवन लगायतका कतिपय स्थानमा संरचना हटाउनुपर्ने देखिएको सडक विभागले जनाएको छ । सरकारले पूर्वपश्चिम लोकमार्गको सबै खण्ड चार लेनमा विस्तार गर्ने गरी प्रक्रिया अघि बढाइ सकेको छ । कतिपय खण्डमा निर्माण अघि बढी सकेको छ भने कतिपय स्थानमा प्रक्रियाको चरणमा रहेको छ ।
विस्तार भइरहेका सबै खण्डमा सहरी क्षेत्रमा ‘सर्भिस लेन’ निर्माण गर्ने गरी डिजाइन भएको छ । आरक्षण क्षेत्र आसपासका क्षेत्रमा जनावर मैत्री सडक निर्माण गरिने सडक विभागले जनाएको छ । निर्माण कार्यमा अवरुद्ध नभए करिब ३ वर्ष भित्रै व्यवस्थित सडकमा यात्रा गर्न पाइने स्थानियले अपेक्षा गरेका छन् ।