Close This

रौतहटका तीन स्थानिय निकायले विभिन्न बाहना बनाउँदै बालपोषण भत्ता वितरण गरेनन्

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-६-३ गते   ४९ पटक हेरिएको

रौतहटका स्थानिय निकायहरुले बालपोषण भत्ता वितरण गर्न आनाकानी गर्न थालेका छन् । जिल्लाको अधिकांश स्थानिय निकायहरुले १ बर्षदेखि बालपोषण भत्ता वितरण गर्न नसकेका हुन । जिल्लाको बृन्दावन, गरुडा, फतुवा बिजयपुर नगरपालिकाले १ बर्षदेखि बाल पोषण भक्ता नबाँडेका हुन ।
स्थानीय निकाय मार्फत सरकारले बालबालिकालाई हुर्काउन सहज होस भन्ने उद्देश्यले पाँच वर्ष सम्मका बालबालिकालाई बालपोषण भत्ता दिने गरेको छ । वर्षमा तीन किस्तामा गरी बालपोषण भत्ता वितरण गर्नुपर्ने नीयम रहेपनि बृन्दावन, गरुडा र फतुवा बिजयपुर नगरपालिकाले वर्षमा एक पटक पनि बालपोषण भत्ता नबाडेको पाइएको छ ।
जिल्लाको बृन्दावन, फतुवा विजयपुर र गरुडा नगरपालिकाले राज्यले उपलब्ध गराउने बाल पोषण भत्ता नदिएको स्थानियले गुनासोगरेका छन् । बिगत एक वर्ष देखी बृन्दावन, गरुडा र फतुवा विजयपुर नगरपालिकाबाट बालबालिकाहरुले पाउनु पर्ने बाल पोषण भत्ता नपाएका हुन ।
नगरपालिकाको खातामा बालपोषण भक्ताको रकम आएको भएपनि कोलोनिकाले बाल पोषण भक्ता पाउनेहरुले खाता खोलेपछि मात्र वितरण गर्न भनेका कारण आफुहरुले बाल पोषण भक्ता वितरण नगरिएको वृन्दावन नगरपालिकाका नगर प्रमुख रामस्नेही राय यादवले  बताउनु भयो । उहाँका अनुसार सबै वडाहरुमा खाता खोल्न परिपत्र गरि सकेको र जति चाँडो खाता खोलीन्छ त्यति नैचाँडै बालपोषण भक्ता वितरण हुने बताउनु भयो ।
त्यसैगरी फतुवा विजयपुर नगरपालिकाका नगर प्रमुख गोपाल राय यादवका अनुसार आफने नगरपालिकामा रहेका ११ वटा वडा मध्य २ वटा वडाको मात्र रकम पठाएको बाँकी ९ वडाको रकम माथिवाट नपठाएको लेखा शाखाले जनाएको छ । साथै नगरपालिकाले माथि लेखि पठाइ सकेको र चाँडै नै त्यो बाँकी रहेका ९ वटा वडामा पनि बालपोषण भक्ता आउने र वितरण गर्ने नगर प्रमुख  यादवले बताउनु भयो ।
यता, गरुडा नगरपालिकाको खातामा पैसा नआएको भन्दै प्रमुख प्रशासकिय अधिकृत महमद मुस्ताफ आलमले वडा नम्बर २ र ७ को बालपोषण भक्ता रोकिदिएको नगर उप प्रमुख रंगिनी कुमारी जयसवालले बताउनु भयो । उहाँका अनुसार गरुडा नगरपालिकाको हालसम्म पनि नगरसभा भएको छैन ।
विभिन्न कारण देखाउदै नगरपालिकाले बालपोषण भत्ता वितरणमा ढिलाई गर्दा तीन नगरपालिकाका हजारौ बालबालिका बालपोषण भत्ता पाउनबाट बञ्चित भएका छन । कोरोना संक्रमणको कारण स्थानिय जनप्रतिनिधिहरुले बजेट व्यवस्थापन गर्न नसक्नु, नगर सभा हुन नसक्नु लगायतका कारण समयमै बालपोषण भक्ता वितरण नभएको उनिहरुको भनाई छ । 
अति विपन्न लोपोन्मुख र नेपाल सरकारले तोकेका पाँच वर्ष मुनिका बालबालीकाहरुले सामाजिक सुरक्षा भत्ता स्वरूप पाउने भत्तामा जनप्रतिनिधीहरु र नगरपालिकाका कर्मचारीको खिचातानीका कारण पोषण भक्ता पाउन नसकेका हुन ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech