सिन्धुलीमा पनि ७ औँ संविधान दिवशको अवसरमा दिप प्रज्वलन

4k Shares

नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) को भातृसंगठन योङ्ग कम्युनिष्ट लिग नेपाल सिन्धुली र अनेरास्ववियू (क्रान्तिकारी) सिन्धुलीले  सयुत्त रुपमा दिप प्रज्वलन गरी संविधान दिवश मनाएका छन् ।
आज(आईतबार) योङ्ग कम्युनिष्ट लिग नेपाल सिन्धुली र अनेरास्ववियू (क्रान्तिकारी) सिन्धुलीले  सयुत्त रुपमा ७ औँ संविधान दिवश दिप प्रज्वलन गरी मनाएका अनेरास्ववियू(क्रान्तिकारी) संगठन विभाग ईन्चार्ज हेम कार्कीले जानकारी दिनुभयो । 
कार्यक्रमका प्रमुख अतिथि नेकपा(माओवादी केन्द्र)का केन्द्रिय सदस्य तथा सिन्धुली जिल्ला ईन्चार्ज राजन दाहाल(लेखनाथ)ले संविधान र गणतन्त्रको असली हकदार माओवादी केन्द्र नै रहेको दाबी गर्नु भयो । उहाँले माओवादीले गरेको जनयुद्ध,जनआन्दोलनको मुख्य उपलब्धीबाट नै संविधान जारी भएको बताउनु भएको छ ।


उहाँले शहिदहरु,वेपत्ता,घाईते र अपाङ्ग परिवारजनको लगनशिल्ताबाट नै संविधान जारी भएको बताउँउनु भयो । पार्टीको संविधान संस्थागत र प्राप्ती गर्ने विषयमा नेकपा(माओवादी केन्द्र)कोे चुङवाङ वैठकको मुलभुत लक्ष्य पुरा भएको बताउँदै सबै नेपाली नागरीकहरुको अधिकार समेटिएको संविधान निर्माण भएको उहाँले दाबी गर्नु भयो । संघिय नेपालको संविधानले जन्तालाई बलियो र शासकलाई निर्दाे बनाएको बताउनु भयो । 
उहाँले समाजवाद प्राप्त गर्न संविधान कार्यन्वयनको लागि सबै लाग्नु पर्ने बताउनु भयो । साथै उहाँले समाजवाद प्राप्त गर्न नेकपा(माओवादी केन्द्र) ले नै नेतृत्व गर्ने पन िदाबी गर्नु भयो । 
दिप प्रज्वलन कार्यक्रममा नेकपा(माओवादी केन्द्र)का केन्द्रिय सदस्य तथा सिन्धुली जिल्ला ईन्चार्ज दाहालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेकपा(माओवादी केन्द्र) जिल्ला संमन्वय समिति सिन्धुलीका संयोजक रामकुमार पौडेल, जिल्लाका नेताहरु ज्वाला न्यौपाने, दिपा बोहरा(दाहाल), यमकुमार देबकोटा,  गणेश रत्न, वाईसियल सिन्धुलीका अध्यक्ष अबिरल मगर, अखिल(क्रान्तिकारी) फ्याक्स ईन्चार्ज कार्की, अखिल(क्रान्तिकारी) का केन्द्रीय सदस्य उत्तम पहाडी, जिल्ला अध्यक्ष  भानुभक्त श्रेष्ठ लगायतकोे उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार