सर्लाहीमा आठौं राष्ट्रिय परिवार योजना दिवस मनाइयो

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-६-३ गते   २३५७ पटक हेरिएको

सर्लाहीमा आठौं राष्ट्रिय  परिवार योजना  दिवस मनाइएको छ ।“कोभिड–१९ को महामारी ,परिवार योजना सेवामा सबैको पहुँच बराबरी“ भन्ने नराका साथ यो दिवस मनाइएको हो ।नेपाल परिवार नियोजन संघ सर्लाही  तथा महिला शसक्तिकरण अभियान जनकपुरको आयोजनामा मलंगवा नगरपालिकाले  दिवस मनाएको हो ।
मलंगवा नगरपालिकाकाका नगर प्रमुख निरसल साह र नेपाल परिवार नियोजन  संघका प्रदेश नं.२ संयोजक मुकेश कुमार जयसवालको अध्यक्षतामा सरोकारवालाहरु बिच छुट्टाछुट्टै अन्तरक्रियाको आयोजना गरि  १८ सेप्टेम्बर अर्थात् असोज २ गते शनिवार आठौं राष्ट्रिय  परिवार योजना  दिवस मनाइएको हो ।
संघले आफ्नै कार्यालयमा आयोजना गरेको कार्यक्रममा बरिस्ट परिवार नियोजन अधिकृत बालकृष्ण श्रेष्ठले जिल्लामा परिवार नियोजनको अवस्था र प्रगतिको बारेमा जानकारी गराउनु भएको थियो । जिल्लामा अहिले फेला परेका ३ सय ७६ जना  एचआईभी पिप्लस का बिरामीहरुले नियमितरूपमा सर्लाही जिल्ला अस्पतालबाट एआरटी औषधीको सेवन गर्दै आएको उहाँले बताउनु भयो ।
यस्तै नगरपालिका क्षेत्रमा  परिवार नियोजनको उदेश्य,अवस्था तथा आगामी दिनको योजनाको बारेमा जानकारी गराएको मलंगवा नगरपालिकाका योजना अधिकृत एवम प्रवक्ता  राजकुमार अधिकारीले जानकारी दिनु भयो ।आयोजित दुवै कार्यक्रममा मलंगवा नगरपालिका स्वास्थ्य शाखा संयोजक अभिराम झा सहित सरोकारवाला संघ,संस्थाका प्रमुख तथा प्रतिनिधि ,स्वास्थ्य स्वंमसेविका, परिवार नियोजनको क्षेत्रमा काम गर्ने महिला–पुरुष लगायतको उपस्थित िरहेको थियो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech