Close This

नवजात शिशु र एक पुरुषको शव मलंगावमा फेला

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-६-९ गते   ३७ पटक हेरिएको

सर्लाहीको मलंगवा नगरपालिका ४ मा नवजात शिशुसहित दुई जनाको शव फेला परेको छ । मलंगवा नगरपालिका ४ मा रहेको एक पोखरीमा अन्दाजी ७ महिनाका शिशुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । मलंगवाको पानीटंकीबाट पल्सी जाने सडक छेउमा रहेको एक पोखरीमा शनिवार(आज) तैरिरहेको अवस्थामा शिशुको शव देखेपछि स्थानीयवासीले प्रहरीमा खबर गरेका थिए ।
हरेक अंगहरु विकास भइसकेको शिशु छोरा रहेको प्रहरीले पुष्टी गरेको छ । शिशु कस्ले फालेको हो ? भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिनु भयो ।यस्तै, शनिवार(आज) मलंगवा नगरपालिका ७ गणेशियास्थित नहरमा एक बेवारिसे पुरुषको शव फेला परेको छ ।
सढ्न लागिसकेको अवस्थामा अन्दाजी ३५÷४० वर्षका पुरुषको शव फेला परेको प्रहरी निरीक्षक गिरीले बताउनु भयो । सनाखतका लागि स्थानीयहरु बोलाएर सोधखोज गर्दा पनि पुरुषको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ । शिशु र पुरुष दुवैको मृत्युको कारण खुल्न सकेको छैन् । दुवैको शव पोष्टमार्टमका लागि  जिल्ला अस्पताल मलंगवामा राखिएको प्रहरीले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech