विगत २ पदन देखिको निरन्तर वर्षाले सर्लाहीका विभिन्न स्थान डुबानमा परेका छन् । निर्माणाधीन रेल्वे ट्रयाक निर्माणाधिन अवस्थामा हुनु, पुर्व पश्चीम लोकमार्गको दुवै तर्फ ढल निकासको उचित व्यावस्था नहुनुले सर्लाहीको लालबन्दीका साथे हरिवन र वागमतीका धेरैबस्तीहरु डुवानमा परेका छन् ।
निर्माणाधीन रेल्वे ट्रयाकका कारण वर्षाको पानी निकास नहुँदा लालबन्दी नगरपालिका ६ को फिल्म हलदेखि लालबन्दी नगरपालिका ८ को मरिण चोक सम्मको क्षेत्रका साथै हरिवन नगरपालिका १ र बागमती नगरपालिका–१२, कर्मैया काजिराम टोल डुबानमा परेका हुन ।
बस्ती भन्दा अग्लो सडम संरचना,रेल्वे ट्याक त्यसका साथै उचित ढल निकास नहुँदा सामान्य पानी पर्दापनि सो क्षेत्र डुवानमा पर्ने गरेका छन् । यो पटक पनि केही दिनदेखि परिरहेको पानीले आफूहरुको गाउँ पूर्णरुपमा डुबानमा परेको लालबन्दी नगरपालिका ६ का स्थानिय विश्वास तिमल्सेनाले बताउनु भयो । उहाँका अनुसार लालबन्दी नगरपालिका ६ को जनवादी चोकदेखि मरिण जाने बाटोको उत्तर तर्फका साना घरहरु डुबानमा परेका छन् ।
अरिवल वर्षाले सर्लाहीमा पानीको उचित ढल निकास नरहेका अन्य विभिन्न स्थानका बस्तीहरु पनि डुबानमा परेका छन् । अहिलेको वर्षाले किसानहरु सबै भन्दा बढी प्रभावित भएका छन् । पोकेको धान काटेर सुकाएर राखेको अवस्थामा परेको निरन्तरको वर्षाका कारण किसानहर मारमा परेका हुन । भने तरकारी बालीमा पनि ठूलो नोक्सान भएको छ ।
पशुपालक किसानहरुदेखि ज्याला मजदुरी गरेर खाने परिवारलाई पनि वर्षाले पिरोलेको छ । जिल्लाका अधिकांश हाटबजार र भित्री सडकहरु अहिले हिँड्नै नसकिने गरी जलमग्न र हिलाम्मे भएका छन् ।