मर्यादित ढंगले होली मनाउन जिल्लास्तरिय सुरक्षा समिति सर्लाहीको अनुरोध

472 Shares

होली पर्व मर्यादित ढंगले मनाउन जिल्ला प्रशासन कार्यालय सर्लाहीले अपिल गरेको छ।मर्यादित ढंगले हर्षोउल्लासका साथ होली पर्व मनाउन सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेले आज साँझ एक सूचना जारी गर्दै अपिल गरेका हुन्।जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा कसैको इच्छा विपरीत रंग लगाउने,लोला हान्ने,पानी तथा हिलो छ्याप्ने,नमेटिने रंग लगाउने,मादक पदार्थ तथा नशालु पदार्थ जवरजस्ती खुुवाउने एवम मादक पदार्थ सेवन गरी सवारी चलाउने, जिस्काउने,सार्वजनिक स्थानहरुमा हो–हल्ला गर्ने,चर्को आवाजमा डिजे बाजा बजाउने आदि अवाञ्छिद क्रियाकलाप नगर्न अपिल गरिएको छ ।
यस्ता अवाञ्छित क्रियाकलाप गरे÷गराएको पाइएमा प्रचलित कानून बमोजिम कारवाही हुने सहायक सिडिओ घिमिरेले जारी गरेको सूचनामा उल्लेख छ।होलीलाई मध्यनजर गर्दै जिल्लामा आवश्यक सुरक्षा प्रवन्ध मिलाइ सकिएको जिल्ला प्रहरी कार्यालय मmलंगवा सर्लाहीले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी एवम जिल्लास्तरिय सुरक्षा समितिका संयोजक तुलसीबहादुर श्रेष्ठको अध्यक्षतामा बसेको सुरक्षा अधिकारी,पालिका प्रमुख तथा उपप्रमुख,प्रमुख प्रशासकीय अधिकृत र अन्य सरोकारवालाको बैठकमा होलीको शुुभकामना आदान प्रदान सहित सुरक्षा तयारी,समाजमा बढ्दै गएको लागुुऔषध दुुव्र्यसनी नियन्त्रणका लागि स्थानीय तहमा सचेतना कार्यक्रम सञ्चालन गर्ने विषयमा छलफल भएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।
नेपालीहरूले उल्लासपूर्ण रूपमा मनाउँदै आएको रंगहरुको पर्व फागु पूर्णिमा(होली)पर्व ऐतिहासिक महत्व बोकेको सांस्कृतिक गौरवको यो पर्व सामाजिक सद्भाव र भाइचारा कायम गर्दै न्यायपूर्ण समाज निर्माण गर्न प्रेरक रहेको जिल्ला प्रशासन कार्यालय सर्लाहीका प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताए ।उनले विगतको तुलनामा हालैका वर्षहरूमा होली पर्व मनाउने नाउँमा अनावश्यक तडक–भडक सहितका विभिन्न खर्चिला भड्किला कार्यक्रमहरू हुने गरेको पाइएकोले सामाजिक व्यवहार (सुधार) ऐन तथा नियमावली,२०३३ ले धार्मिक,सामाजिक तथा सांस्कृतिक पर्वहरू मनाउने विषयलाई व्यवस्थित र नियमन गरेको बताए ।
आफ्नो अधिकारको उपयोग गर्दा अरूको अधिकार हनन् नहुने गरी सांस्कृतिक पर्व मर्यादित, अनुशासित एवम् व्यवस्थित ढङ्गले मनाउन प्रमुख जिल्ला अधिकारी श्रेष्ठले अनुरोध गरे।कोही कसैले यस्ता अमर्यादित,उच्छृङ्खल,अवाञ्छित एवम् गैरकानूनी क्रियाकलाप गरेमा प्रचलित कानुन बमोजिम कारवाही हुने समेत उनले बताए ।

सम्बन्धित समाचार