Close This

भारतीय सुरक्षाकर्मीहरुको कडाइले सर्लाहीबासीलाई सीमानाकामा सास्ती

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-६-२८ गते   २१८१ पटक हेरिएको

नेपाल सरकारलेसिमानाका खोल्ने निर्णय गरि सकेको भएपनि सर्लाहीका विभिन्न सिमानाका भएर नेपाल आउने नेपालीहरु जिल्लाका विभिन्न सिमानाकाहरुमा सास्ती झैल्न बाध्य भएका छन् ।
 जिल्लाकोमुख्य नाका गोरखकाली(भन्सार नाका) लगायतका नाकाबाट नेपाल प्रवेश गर्नेहरुलाई सास्ती कायमै रहेको स्थानियलेगुनासो गरेका छन् । उनीहरूले आफ्ना सवारीसाधन डोहोर्याएर मात्र भारत लैजान  पाउने गरेका छन् भने दैनिक उपभोगय सामाग्रीहरु खरिद गरेर नेपाल प्रवेश गर्ने क्रममा पनि भारतिय सुरक्षाकर्मीहरुले सास्ती दिनेगरेका स्थानियले बताएका छन् ।
शनिबारदेखि नेपाल–भारत सीमा नाका मलंगवा–सोनबरसा भन्सार नाका पूर्ण रूपमा दुईतर्फी संचालनमा आएको भनिएको भएतापनि यात्रुहरूले भने सास्ती बेहोर्नुपरेको छ । नेपाल प्रहरीहरूको तर्फबाट कुनै किसिमको रोकटोक नभए पनि भारतीय चेक पोस्ट सोनबरसामा बसेका भारतीय सुरक्षाकर्मीहरले मोटरसाइकल र साइकलमा चढेर आवतजावत गरिरहेकाहरूलाई अनावश्यक दुःख दिने गरेका छन् ।
ती यात्रुहरूलाई आफ्ना साधनबाट उतारेर भारतीय प्रहरीले मान्छे नचढी गुडाएर जान मात्र भनेको छ । गुडाएर नलगे भारतीय प्रहरीले उनीहरूलाई कुट्ने लखेट्ने र गाली गर्नेजस्ता अनैतिक व्यवहार गर्ने गरेको स्थानियले गुनासो गरेका छन् । भनेसिमानाका खुलेको भनियता पनि भन्सार नाकाबाहेक अरू ठाउँबाट अझै पनि भारत प्रवेश गर्दा साइकल तथा मोटरसाइकलजस्ता सवारीसाधनको आवतजावत ठप्प पारिएको छ । चाडबाड आउँदै गर्दा अधिकांश सीमावर्ती नेपाली किनमेलका लागि भारतीय बजार जाने र यसले भीडभाड बढाएकाले भारतले बोर्डर क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech